एक किलो सुनसहित हङकङकी महिला पक्राउ

13 November, 2019 21:06 |जन सरोकार | comments | 6300 Views

    प्रहरीले एक किलो सुनसहित हङकङक महिलालाई पक्राउ गरेको छ  ।हङकङबाट क्याथी ड्रागनको उडानबाट नेपाल  आएकी ५५ वर्षिय यियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १ किलोग्राम सुन सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

    adsads

    मंगलबार राति भन्सार एक्स्रेमा चेकजाँच गर्ने क्रममा हेण्ड व्यागमा लुकाई छिपाई १ केजी सुन ल्याउदै गरेको अबस्थामा पक्राउ गरेको प्रहरीको भनाइ छ ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    यसै गरी प्रहरीले छुटा छुट्टै घटनामा जुवातास खेल्ने ४९ जनालाई नगद ८ लाख ९३ हजार ३ सय ७० रूपैया सहित नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ काठमाण्डौ महानगरपालिका ४ पञ्चकन्या स्थित  लमजुङका अशोक थापाको कोठमा जुवातास खेलिरहेको अबस्थामा असोक थापा सहित ५ जनालाई नगद २१ हजार ३ सय ७५ रूपैया सहित नियन्त्रणमा लिएको छ ।

    सोही समयमा लोसार पिपलबोटबाट  ललितपुरका विनय थापा मगर सहित ७ जनालाई नगद ३८ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको छ ।

    यसै गरी महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले यही २६ गते नागार्जुन नगरपालिका ३ हलचोकबाट सितापाईलाका सचित दुवाल सहित १० जनालाई नगद ३ लाख ६० हजार रूपैया सहित पक्राउ गरेको छ ।

    यसै गरी महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट खटिएको प्रहरी टोलीले किर्तिपुर नगरपालिका ६ चोभारबाट कौडा खेलिरहेको अबस्थामा चोभारका विजय श्रेष्ठ सहित १३ जनालाई नगद २ लाख ५८ हजार ३ सय ४५ रूपैया, एन आईसि एसिया बैंकको २ लाख २५ हजार र प्राईम बैंकको २ लाख बराबरको चोक सहित पक्राउ गरेको छ ।

    यसै गरी महानगरीय प्रहरी वृत्त बौद्धले आज बिहान ०१स्०० बजे गोकर्णेश्वर नगरपालिका(२ नयाँपाटी पण्डित गाउँ स्थीत एक घरमा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँ बस्ने किशोर थापा सहित १४ जनालाई नगद २ लाख १५ हजार १ सय ७५ रूपैया सहित पक्राउ गरेको छ । सबै घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More