एक गाउँबाट अर्को गाउँ गए पाँच हजार जरिवाना, १४ दिन क्वारेन्टाइन

9 April, 2020 13:08 | जन सरोकार | comments | 23400 Views

कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । लकडाउनको अवधिमा सीमाबाट आवतजावत गरेको पाइएमा रु पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्रीलगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

मङ्गला र ताराखोला गाउँपालिकाले दुई वटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई क्वारेन्टाइन र रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको र सो निर्णय मङ्गलबारदेखि नै कार्यान्वयन गरिएको वडाअध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

  

बैठकले गोरेटो र मोटरबाटोमा आवतजावत गर्न नदिने, निर्णयको अवज्ञा गरी लुकिछिपी हिँड्नेलाई आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बसाउनुका साथै साथै रु पाँच हजार जरिवाना गरिने मङ्गला गाउँपालिकाका योजना शाखाका सिजन रोकाले बताउनुभयो । बागलुङ तर्फबाट विभिन्न नाकाबाट पैदल यात्रामार्फत म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More