एक महिनाको बैंक व्याज र घर-जग्गा भाडा मिनाहा भए शुल्क मिनाहा गर्न सकिने

30 March, 2020 16:58 | जन सरोकार | comments | 51600 Views

कोरोना संक्रमणका कारण सरकारले लगभग एक महिना विद्यायहरु बन्द गरेको छ । यस अवधिमा पठनपाठन नभएकाले सरकारले आइतबार मात्रै निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न आवश्यक पहल गर्ने निर्णय गरेपछि निजी विद्यालयहरुको संगठनले एक महिनाको बैंक व्याज र घर तथा जग्गा भाडा मिनाहा भए शुल्क पनि मिना गर्न सकिने बताएका छन् ।

सरकारले आइतबार कोरोना प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएपछि निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भए पनि यसका लागि आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताएकोे छ ।

  

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले चैत्र महिनाको शुल्क मिनाहा गर्न बैंकबाट ऋण लिएका विद्यालयहरूलाई एक महिनाको बैंक ब्याज मिनाहाको व्यवस्था गर्नुपर्ने र जग्गा तथा भवन भाडामा लिएका विद्यालयहरूलाई एक महिनाको भाडा नलाग्ने व्यवस्था सरकारले मिलाउनुपर्ने माग राख्नुभएको छ । उता सरकारले असंगठित क्षेत्रका श्रमिकहरूसँग एक महिनाको घर भाडामा नलिन घरधनीहरूलाई आग्रह गरेको छ ।

अध्यक्ष पुरीले सरकारले एक महिनाको विद्युत महसुलमा २५ प्रतिशत छुट दिएको तर विद्यार्थीहरुलाई शत प्रतिशत छुट दिँदा कर्मचारीलाई तलब दिन गाह्रो पर्ने बताउँदै सरकारको निर्णयका विषयमा लकडाउन खुलेपछि सरोकारवाला सबैसँग पर्याप्त छलफल गर्ने जानकारी दिनुभयो ।

त्यसो त कोरोनाका कारण वार्षिक परीक्षा चैत ५ भित्र सकिएको र अधिकांश विद्यालयहरूले चैत महिनाको शुल्क लिइसकेका छन् । यस्तोमा प्याब्सनका अध्यक्ष पुरीले चैत महिनाको तलब भुक्तानी गरिसकेका अभिभावकको एक महिनाको शुल्क आगामी शैक्षिक सत्रमा समायोजन गर्न सकिने बताउनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More