एक वर्षमा नेपाली फुटबलको पहिलो जीत- चाइनिज ताइपेई २–० पराजित

11 September, 2019 12:40 |खेल | comments | 2850 Views

    एक वर्षमा नेपालले ९ वटा अन्तर्राष्ट्रिय फुटबल खेल्यो र सबैमा आफ्नो पक्षमा नतिजा पार्न सकेन । नेपालले एक वर्षको १० औं खेलमा भने जीत हात पारेको छ ।

    adsads

    विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ । नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो ।

    ताइपेई रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् । नेपालले शुुरुदेखि नैै आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको चौथो मिनेटमा सुजल श्रेष्ठले हानेको फ्री किकमा अञ्जनले हेड गोल गरेका थिए ।

    यस्तै खेलको ६२औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । जीतसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । यसअघि नेपाल कुवेतसँग ७–० गोलले हारेको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!