एक वर्षमा प्रदेश सरकारको काम सन्तोषजनक

15 February, 2019 20:23 | प्रदेश , प्रदेश १ | comments | 16050 Views

प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षका अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको छ । उहाँले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृद्ध र सुखी बनाउन सकिनेमा जोड दिनुभयो ।

adsads

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजित ‘प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भन्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री शेरधन राईले प्रदेश तहको संरचना बिल्कुलै नयाँ भए पनि जनताका काममा लगनशील भएर लागिरहेको प्रष्ट पार्नुभयो ।

उहाँले प्रदेशमा ९० वर्ष पूरा गरेका नागरिकलाई वार्षिक रु पाँच हजार घरघरमै गएर प्रदान गरिने घोषणा पनि गर्नुभयो ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्राकृतिक स्रोत र सम्पदामा सम्पन्न यस प्रदेशलाई विकासको बाटामा डो¥याउन प्रदेश सरकार सफल भएकामा खुशी व्यक्त गर्नुभयो । मुख्यसचिव केदार न्यौपानेले प्रदेश सरकारले मितव्ययिता अपनाएकाले विकासमा मद्दत पुगेको विचार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रदेशको शान्ति सुरक्षालाई बलियो र सुदृढ बनाउन सुरक्षा निकायलाई २४५ थान मोटरसाइकल र १५ थान प्रदान गरिएको थियो । ती सवारी साधनका लागि रु १० करोड ५७ लाख खर्च गरिएको थियो । यसैगरी एक वर्षका अवधिमा उत्कृष्ट कार्य गर्ने सचिव यज्ञबहादुर खत्री, प्रल्हाद सापकोटा, उपसचिव रवीन्द्र आचार्य, मनोजकुमार यादव, अनिरुद्रप्रसाद साह, खड्गप्रसाद चुँडाललगायत कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रदेश नं १ मा सङ्ग्रहालय निर्माणका लागि सर्भे शुरु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सरकार–विप्लव अनौपचारिक संवादमा

फेसबुक

सरकार–विप्लव अनौपचारिक संवादमा

ट्वीटर

सामाजिक सञ्जाल

More