एजेण्डामा सहमति नभएपछि पौडेलपक्षको बहिष्कारकाबीच कांग्रेस बैठक

12 December, 2019 22:26 | राजनीति | comments | 9750 Views

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकका एजेण्डामाथि सहमति नभएपछि नाराबाजी र बहिष्कारबीच बिहीबार अपरान्ह सुरु भएको छ । एजेन्डामाथि सहमति नभएपछि रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूहले बैठक बहिष्कार गरेपनि सभापति शेरबहादुर देउवाले बैठक सुरु गर्न निर्देशन दिएपछि अपरान्ह साढे चार बजे बैठक सुरु भएको थियो ।

adsads

बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्‍त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मालगायत देउवा पक्षीय सदस्यहरु सहभागी छन्।

बैठक वहिसकारपछि पौडेलले देउवाले बहुमतको आडमा जबरजस्ती पेलेर जान खोजेकोले आफूहरु बैठकमा सहभागी हुन नसकेको जानकारी संचारकर्मीलाई दिंदै एकलौटी रुपमा पार्टी चलाउन खोज्ने शैली आफूलाई मान्य नहुने बताउनुभयो ।

केन्द्रीय समितिको बैठकअघि एजेन्डामाथि छलफल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका पदाधिकारीको बैठक सानेपा पार्टी कार्यलयमा बसेको थियो । बैठकमा विभाग गठनसम्बन्धी एजेन्डामा सहमति हुन नसक्दा बैठकमा ढिलाइ भएको हो ।

हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पुर्‍याउने तयारी संस्थापन पक्ष छ । ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा देउवासहितको टिम रहे पनि असन्तुष्ट पक्षले यसमा विरोध गर्दै आएको छ । केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुनेछ।

आन्तरिक व्यवस्थापन र भागबन्डमा अल्झिँदा न महाधिवेशनको क्यालेन्डर तय हुन सकेको छ नत पार्टीको संरचनाको टुंगो लागेको छ । विधानतः आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने कांग्रेसको बैठक पुरानै महाधिवेशनको म्यान्डेटअनुसार भइसक्नुपर्ने विभाग गठन तथा संरचनालाई पूर्णता दिन सकेको छैन ।

कांग्रेसमा केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन्। कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ। तर, परम्परागत जिल्ला समिति र केन्द्रीय समितिकबाहेक अरू संरचना बन्न सकेको छैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More