एनआईसी एशिया बैंक र मर्सी सिटी हस्पिटलबीच सम्झौता

14 August, 2019 15:15 |कर्पोरेट/पर्यटन | comments | 13800 Views

    मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंक र मर्सी सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक र कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान हुनेछ ।

    adsads

    उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

    बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३४ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल बैंकका हालसम्म १७ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More