एनआरएनएको चुनावमा भाँडभैलो (भिडियोसहित)

17 October, 2019 01:03 | एन आर एन न्युज | comments | 49950 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन अन्तर्गत बुधबार साँझ मतदान निर्धारित कार्यतालिका अनुसार नभएपछि मतदाताहरुले नारावाजी गरेका छन् । निर्धारित समयसम्म मतदान प्रक्रिया सुरु नभएपछि लामो समयदेखि लाइन बसेका मतदाताहरुले चर्को नारावाजी गरेका हुन् ।

उनीहरुले एनआरएनए मुर्दावाद, निर्वाचन समिति राजीनामा दे भन्दै नारा लगाउनुका साथै पानीका बोतल फ्याकेर आक्रोश व्यक्त गरेका थिए । एनआरएनए निर्वाचनमा राजनीतिक धुवीकरण भएको प्रष्ट देखिएको यसपटक मतदाताहरु पनि त्यसरी नै विभाजित भएका देखिन्थे ।

एनआरएनए नेतृत्वमा कांग्रेस भर्सेस नेकपा : कसको पोल्टामा जाला ?

यसपटक कुमार पन्तको नेतृत्वमा एउटा प्यानल र कुल आचार्यको नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा उत्रेको छ । पन्त नेकपा र आचार्य कांग्रेस निकट मानिन्छन् । मतदान तोकिएको समयभन्दा निकै ढिलो गरी सुरु गरिएको छ ।

  

हेर्नुहोस् मतदाताको आक्रोश यो भिडियोमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More