एनआरएनएको मतदान स्थगित- मतदातालाई झुक्याएको भन्दै चर्को नारावाजी

17 October, 2019 10:14 |एन आर एन न्युज | comments | 7500 Views

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन अन्तर्गत बुधबार साँझ हुनुपर्ने मतदान भएन । विद्युतीय प्रणालीबाट मतदान गर्ने र केही घण्टामै नतिजा सार्वजनिक गर्ने कार्यतालिका रहे पनि मेसिनले काम नगरेपछि आयोजकले झण्डै मतदान भैरहेको नाटक गरिरहे ।

    adsads

    लाइनमा बसेका मतदाताको मोबाइल फोन लिनेदेखि मतदानस्थलसम्म पुर्याउने काम गरे पनि अन्ततः मतदान नभएको रहस्य खुलेपछि नारावाजी भएको थियो । आयोजकले झुक्याएको भन्दै घण्टौं लाइनमा बसेकाहरु निकै आक्रोशित थिए ।

    समाचार अनुसार एकजना मतदाताले मतदान गरेपछि मेसिन बिग्रिएपपछि स्थगित गरिएको र बिहिबार बिहान १० बजेदेखि मतदान प्रक्रिया पुनः सुरु हुने निर्वाचन कमिटीका एक सदस्यबताएका छन् । एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशनमा ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका छन् ।

    निर्वाचन सम्पन्न नभए पनि एनआरएनएको मध्यपूर्व संयोजक र उपसंयोजकमा एक जनाको मात्र उम्मेदवारी परेको छ । संयोजकमा प्रवीण गुरुङ (कतार), उपसंयोजकमा मनोजकुमार श्रेष्ठ ‘गोरखाली’ (युएई) र अर्का उपसंयोजकमा राजेन्द्रकुमार अर्याल ‘जोन’ (साउदी अरब) सर्वसम्मत चयन भएका हुन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!