एनआरएनएएनआरएनए

  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए
  • एनआरएनए

एनआरएनएद्वारा कैलालीका हुरीपीडितलाई पाँच लाख सहयोग

19 June, 2019 14:00 |एन आर एन न्युज | comments | 18150 Views

    एनआरएनएगैरआवासीय नेपाली संघ (एनआरएनए)ले कैलालीका हुरीपीडितलाई मंगलबार तात्कालिक राहतस्वरूप पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सहयोग रकम काठमाडौंस्थितको केन्द्रीय कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको धनगढी उपमहानगरपालिकाको खातामा जम्मा गरिएको संघले जनाएको छ ।

    adsads

    गत हप्ता कैलाली कञ्चनपुरमा आएको विनाशकारी हुरीबाट सबैभन्दा प्रभावित धनगढी क्षेत्रका खास पीडितलाई सहयोगका लागि उपमहानगरपालिकाले गरेको अनुरोधका आधारमा तात्कालिक राहतस्वरूप सो रकम पठाइएको संघका कोषाध्यक्ष हिक्मत थापाले बताए । थापाका अनुसार संघले थप राहत सहयोग जुटाउन आफ्ना सबै शाखाहरूलाई अनुरोध गरिसकेको छ ।

    धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले पीडितका लागि सहयोग पठाएकोमा आभार व्यक्त गर्दै रकम वास्तविक पीडितसम्म पुग्ने प्रतिबद्धता जनाएको थापाले बताए । गत बिहीबार साँझ आएको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सयजनाभन्दा बढी घाइते भएका थिए । हुरीले मुक्त कमैया, गरिब–विपन्न दर्जनौं परिवारको घरको क्षति भएको थियो ।

    कैलाली र कञ्चनपुरमा हावाहुरीको कारण दुई जनाको मृत्यु : सय भन्दा बढी घाइते

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एनआरएनए

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!