एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसंग भेटएनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसंग भेट

  • एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसंग भेट
  • एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसंग भेट
  • एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसंग भेट
  • एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसंग भेट
  • एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसंग भेट
  • एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसंग भेट

एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसंग भेट

25 October, 2019 13:31 |एन आर एन न्युज | comments | 6600 Views

    एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसंग भेट

    गत मंगलबार गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावाली तथा पदाधिकारीहरु संग भेट गरी संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती सम्बन्धमा छलफल गर्यो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञावालीले संघका सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो ।

    adsads

    उहाँले संघले निर्माण गरिरहेको लाप्राक नमूना बस्ती निर्माणमा आर्थिक तथा भौतिक सहयोग पुर्याउन हुने सम्पूर्ण सहयोगदाताहरु प्रति प्राधिकरणको तर्फबाट धन्यवाद व्यक्त गर्दै निर्माण कार्य लाभग्राहिहरुलाई हस्तान्तरण गर्न संघका निवर्तमान कार्यसमितिसंग भएको सम्झौता बारे अवगत गराउनु भयो ।

    उहाँले संघले निर्माण गर्न जिम्मा लिएको आवासहरुको निर्माण अन्तिम चरणमा पुगेको भएता पनि केहि कार्य बाँकी रहेकाले प्राधिकारण, गाउपालिका र संघको संयुक्त प्रतिनिधित्व हुने गरी एक प्राविधिक टोली गठन गरी सो टोली मार्फत आवास तथा शौचालय निर्माणको बाकी लागत अनुमान गरी सो वापतको रकम गाउँपालिकाको खातामा संघले जम्मा गरी गाउपालिका मार्फत सो काम गराउने र बाँकी पूर्वाधारहरुको लागत समेत तयार गरी सो कार्यको लागि संघ, गाउँपालिका र प्राधिकरणले कति रकम विनियोजन गर्न सक्छ भनि निरक्यौल गरी सोहि बमोजिम गर्ने सकिने वताउनु भयो ।

    संघका अध्यक्ष कुमार पन्तले बस्ती निर्माणमा प्राधिकरणको धैर्यता र सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भयो र विश्वभरिबाट दाताहरुको सहयोगबाट निर्माण गरिएको वस्ती अन्तिम चरणमा पुगेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । बस्तीका लाभग्राहिहरुलाई आगामी दिनमा संघले के कस्तो सहयोगहरु गर्न सक्छ भनि संघले संधै चिन्तन गर्ने र सक्दो सहयोग गर्ने जानकारी दिनु भयो ।

    भेटघाट कार्यक्रममा संघका उपध्यक्ष डा. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठका साथै प्रमुख कार्यकारी अधिकृतको सहभागीता रहेको थियो ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एनआरएनए बोर्डका अध्यक्षसंग भेट
    गत मंगलबारनै गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा एनआरएन बोर्डका अध्यक्ष माननीय पुष्प राज कँडेलसंग भट गर्नु भयो ।

    उपाध्यक्ष माननीय पुष्प राज कँडेलले संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिंदै बिभिन्न कठिनाईहरुका बावजुत पनि सफल रुपमा निर्वाचन सम्पन्न गराई नयां नेतृत्व चयन गर्न सफल भएकोमा एनआरएन बोर्डको अध्यक्षको रुपमा आफू निकै खुशी तथा गौरवान्नवित भएको महशूस भएको वाताउनू भयो ।

    उहाँले राष्ट्रिय योजना आयोगले केहि पहिला मात्र १५ औं राष्ट्रिय योजना तयार पारेको बताउदै त्यस योजनामा सम्वाहक तथा सहयोगी शक्तीको रुपमा गैरआवासीय नेपालीहरु र नेपालको ख्यातिलाई पहिचान गरी आवश्यक सहकार्य र सहयोगको वातावरण बनाउन आयोग कटिवद्ध रहेको औंल्याउदै गैरआवासी नेपालीहरुलाई उपयुक्त भूमिका प्रदान गर्ने र त्यसका लागी आवश्यक बातावरण तयार गर्न आयोग तयार रहेको जानकारी दिनु भयो ।

    आयोगका उपाध्यक्षले नेपाल पोलिसी इंस्टीट्यूट (Nepal Policy Institute) गरी केहि सहकार्यहरु भईरहेको र यसको अगुवाई परराष्ट्र मन्त्रालयले गरिरहेको जानकारी गराउनु भयो । उहाँले संघसंग छलफल गरी कस्तो प्रकारको र कसरी सहकार्य गर्न सकिन्छ भनि एउटा मार्ग चित्र तयार पार्न सुझाव राख्दै बिज्ञता हासिल गरेका गैरआवासीय नेपालीहरुलाई पनि एउटा मापदण्ड तयार गरी करारमा नियुक्ति दिन समेत आयोगको सोच रहेका जनाउनु भयो ।

    सो अवसरमा संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरुले हासिल गरेका ज्ञान तथा सिप नेपालको सम्वृद्धिमा परिचालन गर्ने उद्देश्य अनुरुप संघले पहिलो एनआरएन ग्लोबल नलेज कन्फरेन्स )1st NRN Global Knowledge Conference ) आयोजना गरेको र यसलाई निरन्तरता दिने तथा संघले नेपाल सरकार संग सम्झौता गरी गैरआवासीय नेपालीहरु मार्फत १० अरब भन्दा माथिको लगानी योग्य पूँजी नेपाल भित्र्याउन आवश्यक पहलहरु गरिरहेको बताउनु भयो । उहाले हालै सम्पन्न गैरआवासीय नेपाली संघको निर्वाचनमा देखिएको राजनीतिक हस्तक्षेपबाट संघलाई मुक्त गर्न अब उप्रान्त गैरआवासीय नेपालीहरु बसोबास गर्ने देशबाटै विद्युतिय प्रणलीमार्फत निर्वाचनको व्यवस्था मिलाउने समेत जानकारी गराउनु भयो ।

    एनआरएनएद्वारा  राष्ट्रिय योजना आयोगका उपाध्यक्षसंग भेट

    संघका प्रतिनिधिहरुले विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुको लगाव नेपाल प्रति बढाउन उनीहरुलाई नेपालमै आई इन्टर्शिप गर्ने व्यवस्थाको लागी सहजिकरण गरिदिन गरेको अनुरोधको सरहाना गर्दै यस प्रति के गर्न सकिन्छ भनि अध्ययन गर्न आयोग तयार रहेको उपध्यक्षले बताउनु भयो ।

    गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एनआरएनएद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओसंग भेट

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!