एनआरएनएबाट १३औँ सागमा पदक विजेतालाई वधाई

13 December, 2019 21:40 | एन आर एन न्युज | comments | 33750 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले नेपालमा सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति खुशी व्यक्त र्गै पदक विजेता सम्पूर्ण खेलाडी र प्रशिक्षकलाई बधाई ज्ञापन गर्नुभएको छ ।

पन्तले शुक्रबार एक विज्ञप्ति जारी गरी हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति गैरआवासीय नेपाली संघ अत्यन्त खुशी व्यक्त गर्दै ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सहित २०६ पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाउने पदक विजेता, प्रशिक्षक र प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिनुभएका सम्पूर्ण सरोकारवाला पक्षलाई बधाई ज्ञापन गर्नुभएको हो ।

  

विज्ञप्तिमा पौडी प्रतियोगितामा सहभागी यूके निवासी गैरआवासीय नेपाली खेलाडी गौरिका सिंह (४ स्वर्ण, २ रजत र ३ कास्य) र लन टेनिस (सिंगल)तर्फ अष्ट्रेलिया निवासी संरक्षक बज्राचार्य (१ कास्य)ले प्राप्त गरेको सफलताले हामी अत्यन्त उत्साहित भएको जनाउँदै उहाँहरु दुवैलाई संघ हार्दिक बधाईसहित उत्तरोत्तर प्रगतिको कामना गर्दै दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग सीधा जोड्ने माध्यममध्ये खेलकुद पनि एक हो भन्ने हाम्रो सोचलाई उहाँहरुले प्राप्त गरेको सफलताले थप बलियो बनाएको बताइएको छ ।

यसै गरी विज्ञप्तिमा गैरआवासीय नेपाली खेलाडीलाई नेपालमा आयोजना हुने विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सहज वातावरणको निर्माणतर्फ संघ सदैव प्रयत्नरत छ, सोही क्रममा राष्ट्रिय खेलकुद परिषद् लगायत नेपाल सरकारका सरोकारवाला निकायसँग पनि संघले निरन्तर छलफल गरिरहेको जानकारी दिंदै अझै केही प्रशासनिक र कानूनी झन्झटलाई यथावत रहेकोप्रति नेपाल सरकारसहित राष्ट्रिय खेलकुद परिषद् लगायत सम्वद्ध सबैको ध्यानाकार्षण गराउइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More