एनआरएनएले बनाइदिने भो जोरपाटी चोकमा सुविधासम्पन्न शौचालय

10 March, 2020 18:05 | एन आर एन न्युज | comments | 47550 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तीब्र शहरीकरण हुँदैगएको काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गर्ने भएको छ ।

राजधानी काठमाडौँको पूर्वी क्षेत्रको महत्वपूर्णस्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् र नगरपालिकाबीच सम्झौता भएको हो । संघका सचिव गौरीराज जोशी र नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । काठमाडौँको काठ क्षेत्रमा बस्ती विस्तार भएसँगै पूर्वी भेगका अधिकांश स्थान भरिएका छन् ।

  

संघका सचिव गौरीराज जोशी र नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । काठमाडौँको काठ क्षेत्रमा बस्ती विस्तार भएसँगै पूर्वी भेगका अधिकांश स्थान भरिएका छन् ।

जोरपाटी चोक बूढानीलकण्ठको पूर्वी भाग, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गरी पाँच स्थानीय तह छिर्ने व्यस्त चोक हो । यी क्षेत्रको व्यापारसमेत यही मार्गबाट हुँदै आएको छ ।

जोरपाटी चोकमा हाल शौचालय नहुँदा यो मार्ग भएर ओहोरदोहोर गर्ने पैदलयात्रु वाग्मती नदी किनारमा खुला शौच गर्छन् । बेलुकीको समयमा खुला स्थानमा शौच गरिँदा सफाइमा चुनौती थपिएको थियो । त्यसका कारण नदी सफाइमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More