एनआरएनए स्पोर्ट्स एकेडमीएनआरएनए स्पोर्ट्स एकेडमी

  • एनआरएनए स्पोर्ट्स एकेडमी
  • एनआरएनए स्पोर्ट्स एकेडमी
  • एनआरएनए स्पोर्ट्स एकेडमी
  • एनआरएनए स्पोर्ट्स एकेडमी
  • एनआरएनए स्पोर्ट्स एकेडमी
  • एनआरएनए स्पोर्ट्स एकेडमी

एनआरएनएहरु काठमाडौंमा भेला हुँदै- नयाँ नेतृत्य चयनमा होडवाजी

14 October, 2019 18:18 |एन आर एन न्युज | comments | 9900 Views

    विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआबासीय नेपाली संघको (एनआरएनए) नयाँ नेतृत्व चयनको होडबाजीमा छ । भोलि मंगलबार असोज २८ गतेबाट नवौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु हुँदा महाधिवेशनले चयन गर्ने कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ ।

    adsads

    काठमाडौंमा सम्मेलन उदघाटनको भोलिपल्ट अर्थात बुधबार उम्मेदवारको मनोनयनदर्ता प्रक्रियादेखि मतदानको प्रक्रियासम्म चल्नेछ । बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको एक घण्टामा मतगणना गर्ने समितिको सूचनामा उल्लेख छ ।

    एनआरएनएको अध्यक्षका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य चुनावी मैदानमा छन् । संघको आठौँ अन्तरराष्ट्रिय महाधिवेशनमा दुबैजना उपाध्यक्ष पदमा विजयी बनेका थिए ।

    संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १, १ जना निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्रीय समितिबाट एक एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् ।

    त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन् । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।

    त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २, २ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १, १ जना क्षेत्रीय उपसंयोजकमा निर्बाचित हुन पाउने छन् । प्रत्येक क्षेत्रबाट १, १ जनाका दरले ६र६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।

    गैरआवासीय नेपाली संघको २००३ ९२०१७ को संशोधन० सहितको विधानअनुसार इतिहासमै पहिलोपटक ५ जना उपाध्यक्ष पदमा (महिलासहित) निर्वाचन हुन लागेको हो । यसअघि प्रायः सहमतिमा उपाध्यक्षको चयन हुने गरेको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एनआरएनए स्पोर्ट्स एकेडमी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!