एनआरएनए अध्यक्षमा कुमार पन्त- अन्य पदहरुमा मिश्रित परिणाम (नामावलीसहित)

18 October, 2019 18:14 |एन आर एन न्युज | comments | 12000 Views

    गैरआवसीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कार्यकालका लागि वामपन्थी समूहका कुमार पन्त अध्यक्ष चयन भएका छन् भने अन्य पदहरुमा मिश्रित नतिजा आएको छ । विवाद र आरोप प्रत्यारोपकाबीच बिहिबार भएको मतदानको शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी हुनुभयो ।

    adsads

    पन्तले प्रजातान्त्रिक समूहका प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गर्नुभएको हो । पन्तले एक हजार २१७ मत र आचार्यले एक हजार ७० मत पाउनुभयो ।

    उता महिलासहित ५ उपाध्यक्षमा भने मिश्रति परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र आचार्य समूहका मन केसी (९६१) विजयी भएका छन् । महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएकी छन् ।

    यस्तै २ सचिवमा गौरीराज जोशी (९१६) र आरकेशर्मा (८६८) विजयी भएका छन् । कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ (१६५३) मतका साथ विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोकप्रसाद दहाल (११८४) विजयी भएका छन् । महिला संयोजकमा भोमादेवी लिम्बु (७०२), युवा संयोजकमा हिमाल गुरुङ (७६८) विजयी भएका छन् ।

    मध्यपूर्व र अफ्रिका क्षेत्रमा सबै निर्बिरोध

    मध्यपूर्व र अफि्रका क्षेत्रका भने सबै निर्बिरोध निर्वाचित भएका छन् । मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध चयन भएका हुन् ।

    महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवो संयोजकमा राजु रेग्मी पनि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा भने उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ ।

    एसिया प्रशान्त क्षेत्रको संयोजकमा श्रेष्ठ

    एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ (२१७) विजयी भएका छन् । अन्य २ जना उम्मेदवार पराजित भएका छन् । दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने (१९८) र पारसमणि पोखरेल (१९५) विजयी भए । महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएका छन् ।

    अमेरिका क्षेत्रको संयोजकमा त्रिपाठी

    अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी (१५४) विजयी भएका छन् । उपसंयोजकमा राम सी पोखरेल (१५०) विजयी भए । महिला संयोजकमा उमा कार्की थापा (१४४) विजयी भइन् भने युवा संयोजकमा विमला सापकोटा निर्बिरोध भइन् ।

    ओेसेनियाको संयोजकमा पाण्डे

    ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डे (१०५) विजयी भएका छन् । उनी ३ मतान्तरले मात्रै विजयी भए । उनका प्रतिस्पर्धी दिनेशराज जोशीले १०२ मत ल्याएका छन् ।

    उपसंयोजकमा नवीन कंडेल (१०७) विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरि राम्जालीले १०० मत ल्याए । महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया भने निर्बिरोध चयन भएका छन् ।

    युरोप क्षेत्रको संयोजकमा आचार्य

    युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य (२७४) विजयी भएका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More