एनआरएनए अध्यक्ष उम्मेदवारको शुल्क १० लाख- भिजन हुने पैसा नहुने जिल्लाराम पर्ने

10 September, 2019 14:44 |एन आर एन न्युज | comments | 5100 Views

    विदेशमा बस्नेहरु धनी हुन्छन् भनेर पनि होला गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वमा दावी गर्नेहरुको उम्मेदवारी शुल्क पनि भारी नै तोकिएको छ । यसपटक अध्यक्षका लागि १० लाख रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।

    adsads

    एनआरएनएको यही २०७६ साल आश्विन महिनाको २८ गते देखि ३० गते सम्म अर्थात १५-१७ अक्टोवर २०१९ मा नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन तय भएको छ र उम्मेदवारहरुको शुल्क पनि परिमार्जन गरिएको छ ।

    यसपटकदेखि अध्यक्षका लागि १० लाख रुपैयाँ, उपाध्यक्षहरु तथा महासचिवका लागि ६ लाख, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख र सहकोषाध्यक्षमा उम्मदेवारी दर्ता गर्न ४ लाख रुपैयाँ शुल्क तोकिएको छ । त्यसैगरी महिला तथा युवा संयोजकमा उम्मदेवारी दिनका लागि ३ लाख ५० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

    क्षेत्रीय संयोजकमा उम्मदेवार बन्न चाहनेले ३ लाख ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने छ । क्षेत्रीय उपसंयोजक र क्षेत्रीय महिला तथा युवा संयोजकका लागि २ लाख ५० हजार रुपैयाँ बुझाएपछि मात्र उम्मेदवार बन्न पाइने छ । आइसीसी सदस्यमा उम्मदेवार बन्न चाहनेले १ लाख रुपैयाँ दर्ता शुल्क तिरेपछि मात्र उम्मेदवार बन्न पाउने छन् । यसपटक अघिल्लो विश्व सम्मेलनमा भन्दा दोब्बर बढी शुल्क तोकिएको हो ।

    चर्को शुल्ककै कारण मध्यम वर्गका एनआरएनहरुको मुख्य पदमा रहेर काम गर्ने अभिलाषा पूरा नहुने देखिएको छ । उम्मेदवारी शुल्कका साथै प्रचार प्रसार र भोजभतेर समेत गरेर हुने खर्चका कारण एनआरएनएको निर्वाचन अत्यन्त महंगो बन्दैगएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पोस्ट मनसुन

    फेसबुक

    पोस्ट मनसुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!