एनआरएनए अस्ट्रेलियामा केशव कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति

7 July, 2019 15:31 | एन आर एन न्युज | comments | 16200 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न निर्वाचनले केशव कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

adsads

निर्वाचनबाट अध्यक्ष कँडेलसहित महासचिवमा डा ज्ञानेन्द्र रेग्मी, सचिवमा उषाकिरण बारिया, कोषाध्यक्षमा अनिल पोखरेल र युवा संयोजकमा इर्षाद अहमद चुनिएका छन् ।

यसैगरी अस्ट्रेलियाका ६ राज्यहरु तथा दुई टेरिटोरीमा समेत नेतृत्व छानिएका छन् । जसअनुसार न्यु साउथ वेल्समा देवबहादुर गुरुङ, दक्षिण अस्ट्रेलियाबाट नविन पन्त, भिक्टोरियामा प्रेम कँडेल, क्युन्सल्याण्डमा उमेश खड्का, अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा चुणामणि सापकोटा र पश्चिम अस्ट्रेलियामा कृष्णमान श्रेष्ठ निर्वाचित भएका छन् । तास्मानिया र डार्बिनमा क्रमशः सन्देश परियार र हेम पुन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

जम्मा १२ हजार मतदाता रहेको अस्ट्रेलियामा करिव ७० प्रतिशत मत खसेको थियो । अध्यक्षमा निर्वाचित भएपछि कँडेलले निर्वाचनमा हारजित सामान्य कुरा भएकाले सबैसँग मिलेर काम गर्ने बताउँदै आफूले निर्वाचनताका घोषणा गरेको सबै एजेण्डाहरुलाई पुरा गर्न प्रतिवद्ध भएर लाग्ने जनाए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!