एनआरएनए एशिया प्यासिफिक संयोजकमा पारसको उम्मेदवारी

22 July, 2019 15:42 | एन आर एन न्युज , जापान | comments | 14700 Views

कविकिरण न्यौपाने, नागोया- विश्वभरमा रहेका नेपालीहरुको साझा संस्था एनआरएनएको अधिवेशनको मिति नजिकिदै जाँदा उमेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । यसै क्रममा एनआरएनए एशिया प्यासिफिकका वर्तमान उपसंयोजक पारसमणि पोखरेलले एशिया प्यासिफिकको संयोजकमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको छ ।

adsads

सामाजिक क्षेत्रमा क्रियाशिल पोखरेल पहिलोपटक सन् २००१ मा रोटरीको ग्रुप स्टडी एक्सचेन्ज कार्यक्रम अन्तर्गत नेपालबाट एक जना र भारतबाट चारजनाको टोलीमा ६ हप्ता जापानको विभिन्न क्षेत्रमा अवलोकन गर्ने अवशर प्राप्त गर्नुभएको थियो । त्यसपछि २००४ मा रोटरी फाउन्डेसनको प्रतिष्ठित छात्रवृति रोटरी एम्बासोडोरिअल स्कलरशिप पाएर जापान पूनः आएका पोखरेल टोक्योको प्रतिष्ठित विश्वविद्यालय इन्टरनेस्नल क्रिस्चियन युनिभर्सिटीमा आफ्नो अध्ययन पुरा गरी जापानमा व्यवशायमा प्रवेश गर्नु भएको हो । उहाँ अहिले जापानको नागोयामा सामिका ग्रुपका अध्यक्ष हुनुहुन्छ ।

एनआरएनए जापानको पहिलो क्षेत्रीय समिति नागोयामा संस्थापक संयोजक हुँदै सामाजिक क्षेत्रमा लागेका पोखरेल जापानमा नेपालीहरुको संख्या वृद्धिसंगै धेरै समस्याहरू देखा परेको बताउदै एनआरएनए मार्फत नेपालीका लागि नेपाली भन्ने मूल नाराकासाथ आफू अहिलेसम्म यसै अभियानमा लागेको बताउनुहुन्छ । २४ बर्षदेखि निरन्तर रोटरी क्लबमा सक्रिय पोखरेल आफ्नो अनुभव एनआरएनमा प्रयोग गर्दै अगाडी बढन सहज भएको अनुभव सुनाउनुहुन्छ ।

उहा एनआरएनए जापानको केन्द्रिय सदस्य, सल्लाहकार, अध्यक्ष अनि आइसीसी सदस्य हुँदै हाल एसिया प्यासिफिकका उपसंयोजक हुनुहुन्छ । जापानको नागोयामा पहिलोपटक नेपाल फेस्टिवल पोखरेलको संयोजकत्वमा सफलतापूर्वक सम्पन्न भएपछि जापानमा सबैको तारिफ पनि पाएका थिए । एनआरएनए जापानको अध्यक्ष हुँदा पहिलो पटक अनलाइन सदस्यता, एनआरएनए जापानबाट नेपाल फेस्टिवल गरिनु, नेपालमा गएको महाभूकम्पमा जापानबाट उल्लेखनिय राहत संकलन, एनआरएन कार्यालय जस्ता महत्वपुर्ण कार्यको थालनी जापानवासी नेपालीले सम्झन योग्य कामहरु हुन् ।

गत बर्ष डिसेम्बरमा हङकङमा र यो वर्ष जुलाईमा म्यान्मारमा भएको एशिया प्यासिफिक सम्मेलनमा आफ्नो छाप छोडेका पोखरेलले २०१८ मा जापानको नागोयामा एसिया प्यासिफिकको आयोजनामा जापानी समुदायलाई लक्षित गर्दै इन्भेस्टमेन्ट सेमिनारको नेतृत्व गर्नु भएको थियो । आफूले पाएको जिम्वेवारी आफुले जहिले पनि ईमान्दारीका साथ पुरा गर्ने गरेको बताउँदै अब एनआरएनए एशिया प्यासिफिकको संयोजक बन्ने आधार भएको पोखरेल बताउनु हुन्छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!