एनआरएनए एसिया प्यासिफिकस्तरिय वस्तृत्वकला प्रतियोगिता हुने

19 July, 2020 13:04 | एन आर एन न्युज | comments | 22950 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक युवा समितिले खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘राष्ट्रका लागि मेरो सपना’ विषयमा नेपाली तथा अंग्रेजी भाषामा अनलाईन मार्फत हुने प्रतियोगितामा एसिया प्यासिफक क्षेत्रमा रहने १९ वर्ष मुनिका किशोरकिशोरीहरुले प्रतियोगितामा भाग लिन पाउने छन् ।

एसिया प्यासिफिक युवा संयोजक दीपक कँडेलका अनुसार एसिया प्यासिफिक क्षेत्रका स्थानीय एनआरएनए राष्ट्रिय कमिटिमा पुग्ने गरी आगामी जुलाई २५ तारिकसम्म पुग्ने भिडियोका आधारमा अन्तिम प्रतियोगिको छनौट हुनेछ । हरेक एसियाप्यासिफिक भित्रका मुलुकबाट तीन मिनेटको भिडियो सहित सहभागिमध्ये तीनजनाले अन्तिम प्रतिस्पर्धामा पुग्ने अवसर पाउने छन् ।

  

आगामी अगष्ट ९ तारिक अपरान्ह जुम मार्फत हुने फाइनल प्रतियोगितामा विजेताले नगद एक लाख रुपैया पाउने छ भने दोश्रोले ६० हजार तथा तेश्रोले ४० हजार नगद पुरस्कार र प्रमाणपत्र हात पार्ने छन् ।

नेपाली तथा अंग्रेजी भाषामा हुने प्रतियोगिताका लागि हाल उत्साहजनक रुपमा सहभागिताका लागि तयारी गरिएको जानकारी पाएको संयोजक कँडेलले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायकमा चर्चित समाचारवाचिका समा थापा, हाँस्य कलाकार संदीप क्षेत्री तथा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक पारसमणी पोखरेल रहनुहुने छ । अन्तिम प्रतिस्पर्धामा चर्चित टेलिभिजन प्रस्तोता भुषण दाहाल अतिथिका रुपमा सहभागिता हुनुहुने छ ।

युवा पिढीमा नेपाल तथा नेपाली राष्ट्रियताका बारेमा चेतना अभिवृद्धिका उपयोगी हुने प्रतियोगितामा आफ्ना छोराछोरीहरुलाई सहभागिताका लागि प्रोत्साहन गरिदिनु हुन एसियाप्यासिफिक युवा संयोजक तथा कार्यक्रम मुल आयोजक समितिका संयोजक कँडेलले अनुरोध गर्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More