एनआरएनए स्पोर्ट्स एकेडमीएनआरएनए स्पोर्ट्स एकेडमी

  • एनआरएनए स्पोर्ट्स एकेडमी
  • एनआरएनए स्पोर्ट्स एकेडमी
  • एनआरएनए स्पोर्ट्स एकेडमी
  • एनआरएनए स्पोर्ट्स एकेडमी
  • एनआरएनए स्पोर्ट्स एकेडमी
  • एनआरएनए स्पोर्ट्स एकेडमी

एनआरएनए खेलकुद प्रतिष्ठानले खेलकुद कार्यक्रम आयोजना गर्दै (भिडियो सहित)

4 October, 2019 18:15 |एन आर एन न्युज , खेल | comments | 5850 Views

    एनआरएनए स्पोर्ट्स एकेडमी

    गैर आवासीय नेपाली संघको आगामी नवौं साधारण सभा तथा विश्व सम्मेलनका अवसरमा गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले विभिन्न पाँच खेलकुद कार्यक्रमहरु आयोजना गर्दैछ । शुक्रबार गैर आवासीय नेपाली संघको सचिवालय बालुवाटारमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको एनआरएनए युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले बताउनु भयो ।

    adsads

    गत वर्ष भएको आठौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीको हैसियतमा गैर आवासीय नेपाली संघको टोलीको सहभागतिले एनआरएनए नेपालीहरुमा उत्साह थपिएको थापाले बताउनु भयो । यसै सन्दर्भमा गैर आवासीय नेपाली संघको आयामलाई फराकिलो बनाउन र बाहिर रहेका खेलकुदसंग जोडिएका पहिलो र दोस्रो पुस्ताका गैर आवासीय नेपालीलाई एनआरएनएको औपचारिक अभियानमा गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानको विकास गर्न लागिएको कार्यक्रममा बताइयो ।

    त्यस अवस्थामा दोस्रो पुस्ताको एनआरएनलाई यस अभियानमा जोड्ने माध्यम खेलकुद नै भएको हुँदा ‘एनआरएनए स्पोर्ट्स एकेडमी’ को निर्माण अपरिहार्य रहेको एनआरएनए युवा तथा खेलकुद समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उक्त अवसरमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले ‘एनआरएनए स्पोर्ट्स एकेडमी’को लोगो सार्वजनिक गर्नु भयो । समितिले आयोजना गर्ने पाँच खेलकुदका कार्यक्रमहरु यस प्रकार रहेका छन् :
    १- एनआरएनए हेरिटेज वाकथन
    २- एनआरएनए स्पोर्ट्स मिट
    ३- चौथों एनआरएनए फुट्सल टुर्नामेन्ट
    ४- पहिलो एनआरएनए गल्फ च्याम्पियनसिप
    ५- पहिलो एनआरएनए पेंटिंग एग्जिभेसन

    तसर्थ उक्त कार्यक्रममा संसारबाट पाल्नु हुने गैर आवासीय नेपाली साथीहरु तथा सम्बन्धित पक्षहरुलाई सक्रिय सहभागिता र सहयोगका लागि अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    भिडियो –

    एनआरएनए जापानले पोखरामा गण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एनआरएनए स्पोर्ट्स एकेडमी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!