एनआरएनए चुनाव : मतदान सम्पन्न भयो- गणनामा ढिलाई

18 October, 2019 00:22 |एन आर एन न्युज | comments | 6900 Views

    कुन महादेशबाट कति मत खस्यो ?

    अनेक विवादकाबीच सकिएको गैआवासीय नेपाली संघ (एनआरएनए)को मतदान सम्पन्न भए पनि यो समाचार तयार पार्दासम्म मतगणना सुरु भएको छैन । निर्वाचन समितिका अनुसार बैठक बसेर मतगणना आजै सुरु गर्ने कि भोलि गर्ने भन्ने विषयमा निर्णय गर्ने जनाएको छ ।

    adsads

    बुधबार न सम्पन्न हुनुपर्ने मतदान विवाद र प्राविधिक समस्याका कारण बिहीबार सम्पन्न भएको थियो । कुल २५७० मतदाता मध्ये मतदानमा २३४४ जनाले मतदान गरेका छन् । जसमध्ये सबैभन्दा धेरै युरोपबाट ९२० त्यसपछि एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० अमेरिकाबाट २७१, अष्ट्रेलिया, न्युजिल्याण्डबाट २१५ र अफ्रिकाबाट १६ मत खसेको जनाइएको छ ।

    एनआरएनए चुनावमा अध्यक्षमा जर्मनी निवासी कुमार पन्त र बेलायत नेपाली कुल आचार्यले उम्मेदवारी दिएका छन् । त्यस्तै ४ जना निर्वाचित हुने उपाध्यक्षमा ९ जनाले उम्मेदवारी दिएका छन् । जसमा सोनाम लामा, डाक्टर बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, नरेन्द्र बहादुर भाट, धर्मराज अधिकारी, हिक्मतबहादुर थापा, डाक्टर केशव पौडेल र किरणबिक्रम थापाले उम्मेदवारी दिएका छन् ।

    १ जना निर्वाचित हुने महिला उपाध्यक्ष पदमा सपिला राजभण्डारी र रविना थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै एकजना निर्वाचित हुने महासचिवमा जानकी गुरुङ र डाक्टर हेमराज शर्मा उम्मेदवारी दिएका छन् ।

    २ जना निर्वाचित हुने सचिव पदमा आरके शर्मा, गौरीराज जोशी, अभिमानसिंह बस्नेत, विनय अधिकारी, दिपकप्रसाद ओली, शिवकुमार बरुवाल र सुस्मा लिम्बुले उम्मेदवारी दिएका छन् । कोषाध्यष पदमा महेस कुमार श्रेष्ठ र सुदन थापाले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा गोविन्द प्रसाद गौतम र लोकप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।

    त्यस्तै एनआरएनए आईसीसीको चुनावमा विभिन्न पदमा १२ जना निर्विरोध निर्वाचित भएका छन् । अफ्रिका क्षेत्रीय संयोजकमा रोशन थापा निर्विरोध निर्वाचित भएका छन् भने उपसंयोजकमा उम्मेदवारी परेन । अफ्रिका क्षेत्रीय महिला संयोजकमा मनकला थापा विष्ट निर्विरोध निर्वाचित भएकी छिन् ।

    त्यस्तै एसिया प्रशान्तमा क्षेत्रीय युवा संयोजकमा दिपक प्रसाद कँडेल निर्विरोध निर्वाचित भएका छन् । अमेरिका क्षेत्रको क्षेत्रीय युवा संयोजकमा विमला सापकोटा निर्विरोध भएकी छिन् ।

    मध्यपूर्व क्षेत्रीय संयोजकमा प्रविन गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वकै महिला संयोजकमा सुमित्रादेवी पौडेल र युवा संयोजकमा राजु रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

    ओसेनियाको क्षेत्रीय महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजुकुमार थपलिया निर्विरोध निर्वाचित भएका छन् । युरोपको क्षेत्रीय महिला संयोजकमा कुमारी योगिता थापा र युवा संयोजकमा जय कृष्ण ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!