एनआरएनए जापानको अधिवेशन सेप्टेम्बरमा उम्मेदवारका लागि तोकियो शुल्क

16 July, 2019 21:55 | एन आर एन न्युज | comments | 21600 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन आउँदो सेप्टेम्बर ६–८ मा हुने भएको छ । आगामी कार्यकाल (२०१९–२०२१) का लागि नेतृत्व चयन समेत हुने अधिवेशन टोकियोको नाकानो जिरो हलमा हुनेछ ।

adsads

अधिवेशनले एनआरएनए जापान राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्व चयनका लागि ओम गुरुङलाई प्रमुख निर्वाचन आयुक्त चयन गरिएको छ भने शरद गौचनन र शालिकराम भण्डारीलाई सदस्यमा चयन गरिएको छ । समितिलाई दुई सदस्य थप गर्ने अधिकार दिइएको छ ।

मंगलबार एनआरएनए जापान अध्यक्ष टासी वाङ्दी लामा र महासचिव बुद्धिराज घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार सेप्टेम्बर ८ तारिकमा निर्वाचन हुने र निर्वाचन विद्युतीय माध्यम (अनलाइन)बाट हुनेछ ।

त्यसै गरी एनआरएनए जापानले उम्मेदवारहरुका लागि शुल्क समेत निर्धारण गरेको छ । जसअनुसार आईसीसी सदस्यका लागि ५० मान, अध्यक्ष ३० मान, वरिष्ठ उपाध्यक्ष २५ मान, उपाध्यक्ष २० मान, महासचिव १५ मान, सचिव १३ मान, कोषाध्यक्ष १२ मान, सहकोषाध्यक्ष १२ मान, प्रवक्ता १२ मान, युवा संयोजक १२ मान, महिला संयोजक १२ मान र सदस्यका लागि १० मान कायम गरिएको छ ।

यसै गरी निर्वाचनमा भाग लिन पंजीकृत सदस्यता आवेदन भर्ने बेलामा कुनै सदस्यको क्षेत्र फरक पर्न गएमा उक्त सदस्इले सम्बन्धित निर्वाचन समितिमाा निवेदन दिएमा परिचयपत्रको आधारमा क्षेत्र कायम गरिने निर्णय समेत गरिएएको छ ।

एनआरएनएको विज्ञप्तिमा राष्ट्रिय समन्वय परिषद जापानको मातहत रहेका १४ क्षेत्रीय समितिमध्ये पंजीकृत सदस्इता संख्या थोरै भएका क्षेत्रीय समिति –होक्काइदो, सेन्दाई, तोचिगी, हिरोशिमा र ओकिनावा)मा रापससंग समन्वय गर्नका लागि क्षेत्रीय समन्वय समिति गठन गर्ने र उक्त समितिका संयोजकमा वर्तमान संयोजक नै रहने निर्णय समेत गरिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!