एनआरएनए जापानको नयाँ सदस्यता खुल्यो
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (एनआरएनए जापान)ले नयाँ सदस्यता आवेदन आव्हान गरेको छ । सन् २०२१-२०२३ कार्यकालको लागि नयाँ सदस्यता आबेदन फेब्रुवरी २५ देखि खुल्ला गरिएको छ ।
एनआरएनए, जापानका महासचिव जनक बिक्रम शाहीका अनुसार यसको समयसिमा (फेब्रुवरी २५ देखी अप्रिल २५ सम्म) दूई महिनाको लागी रहनेछ । सदस्य एनआरएनए आइसीसीको MIS System (Management of Information System) बाट बन्नु पर्नेछ ।

सदस्य बन्नका लागी ध्यान दिनुपर्ने कुराहरु :
१) सर्वप्रथम आफ्नो iPhone अथवा Android फोनमा Smart NRNA App. डाउनलोड गर्नुहोस् (उक्त App नेपाली तथा अंग्रेजी दुवै भाषामा रहेकोछ) र उक्त सिस्टममा मागीएको विवरणहरु भर्नुहोस् ।
२) होमपेजबाट पनी सदस्यता फारम भर्न सक्नुहुनेछ जसको लागी www.members.nrna.org मा गएर सदस्यता बन्न सक्नु हुनेछ।
३) एनआरएनए जापानको JP Bank को खाता नम्बर (JP 10930 -13431561) मा एक हजार येन जम्मा गर्नुस (जम्मा गरेको रिसिप्टको फोटो खिचेर राख्नुस ताकी उक्त सिस्टममा रिसिप्टको फोटो अपलोड गर्नु पर्नेहुन्छ) ।
४) रेसीडेन्स (जाइरो कार्ड) को कपि।
५) जापानीज नागारिकता भएका नेपालीहरुको हकमा जापानीज आईडी कार्डकोकपी अथवा जापानीज पासपोर्टको कपी।
६) उमेरको हदमा १८ वर्ष कटेको हुनुपर्नेछ।
७) जापान प्रवेश गरेको ६ महिना ( १८२ दिन) पुगेको हुनुपर्नेछ।
८) सम्बन्धित व्यक्तिको फोन नम्बर र सही ईमेल ठेगाना हुनुपर्नेछ।
९) अन्य थप विवरण आबेदन फारममा माग भए बमोजिम भर्नुपर्नेछ।
सदस्यता नवीकरण वारेमा :
२०१९-२०२१ कार्यकालमा सदस्य बन्नु भएका महानुभावहरुको सदस्यता नवीकरण गर्दा नवीकरण शुल्क मात्र जम्मा गरे नवीकरण हुने व्यवस्था मिलाउन कोसीस गर्दा पनि गत वर्षबाट एनआरएनए आइसीसीको MIS System बाट बन्ने अधिकांस सदस्यहरुको ईमेल ठेगाना, प्रोफाइल फोटोहरुमा त्रुटीरहेकोले सबै सदस्यज्यू हरुलाई यसै परिमार्जित MIS System अनुसार आफ्नो सहि ईमेल ठेगाना र आफ्नो पासवर्ड नभुल्ने गरि सेटगर्दै सदस्य बन्नहुन हार्दिक अनुरोध गर्दै भविष्यमा सोही सिस्टममा रहेको विवरणबाटै सदस्यता नवीकरण गर्न सकिने जानकारी गराउछौं। ।
नोट : सदस्यता फारम भर्दा फारममा उल्लेखीत आफु बस्ने क्षेत्रको नाम छनौट गर्न नभय अन्य (Other) छनौट गर्न अनुरोध गर्दछौं । साथै सदस्यता फारम भर्दा कुनै समस्या आएमा membership.nrnajpn.gmail.com मा ईमेल, एनआरएनए जापानको हेल्प लाईन, फेसबुक पेज, कार्यसमितिका पदाधिकारी तथा सदस्य र क्षेत्रीय समिति संयोजक तथा पदाधिकारी तथा सदस्यहरु लाई सम्पर्क गर्नहुन अनुरोध गरिन्छ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- सुदूरपश्चिम प्रदेश उच्च जोखिममा, भारतबाट फर्कने १० प्रतिशत संक्रमित
- आदिवासी जनजाति महासंघ चिवा संयोजकमा अमृत लामा चयन
- आइतबार थप तीनसय ६७ मा कोभिड–१९
- सीमा नाकामा संक्रमण रोकथामको प्रभावकारी सयन्त्र नहुँदा बढ्दो जोखिम
- शिवपुरीको डँढेलो निभाउन हेलिकोप्टरको प्रयोग : अपेक्षाकृत समयमै नियन्त्रणमा लिइयो
- महामारीबीच वसन्त यामको हिमाल आरोहण : व्यवसायी उत्साहित
- उकालो लाग्यो कोरोनाको ग्राफ- छैन मापदण्ड पालना
- आयोजना खुलेको तीन दशक पुग्नलाग्दा पनि भएन वाग्मती ढलमुक्त
- महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना रोक्न सबै लाग्नुपर्छ : नेता सिंह
- नयाँ बसपार्कको होटलमा युवाको शव, संगै बसेका दुईजना पक्राउ
- ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ
- विधिको पालना र छलफलले मात्र पार्टीमा निकास निस्किन्छ : नेता नेपाल
- के हुँदैछ भारतमा ? एकै दिन एक लाख ५३ हजार सङ्क्रमित
- गल्ति उनका न मेरा समयको खेल थियो हजुर
- नयाँ वर्षका दिन चार सय ५२ जनालाई विभूषित गरिँदै
- बिस्केट जात्रा- मध्यरातमा ढुंगा हानाहान, १९ जना घाइते
- बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
- सुनचाँदी लुटेपछि आधारातमा व्यवसायीको गोली हानी हत्या, दुईजना पक्राउ
- आज घोडेजात्रा, यस्तो छ मनाउनुको कारण र इतिहास
- गर्मी बढ्यो, कोरोनासंगै अन्य संक्रामक रोगको जोखिम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


