एनआरएनए जापानले पोखरामा गण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने

18 July, 2019 13:55 | एन आर एन न्युज , खेल | comments | 13950 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले पहिलोपटक पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बिभिन्न क्षेत्रमा आफ्नो सहभागिता देखाउदै आएको एनआरएनए जापानले खेलकुद क्षेत्रमा सक्रियता देखाउँदै प्रथम एनआरएनए जापान गण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

adsads

एनआरएनए अध्यक्ष टासी वाङदी लामाले खेलले देशको बाह्य मात्र नभएर आन्तरिक पर्यटन बृद्धिकोलाई पनि महत्वपूर्ण भूमिका खेल्ने हुँदा यसमा एनआरएनए जापानले बढी चासो दिएको जानकारी दिनु भयो।

प्रथम एनआरएनए जापान दण्डकी प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजनाका लागि मुख्य प्रायोजनसंगै जापानबाट रासपले सहजिकरण र आर्थिक ब्यवस्थापनको लागि क्रमश परिषदका उपाध्यक्ष शिवप्रसाद पौडेल, महिला उपाध्यक्ष अनिता गुरुङ, महासचिव बुद्धि राज घिमिरे, खेलकुद बिभाग प्रमुख लिल गुरुङ, मानार्थ परिषद सदस्य श्री गुरुङ र नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङ समितिमा रहने गरि ६ सदस्यीय समिति गठन गरेको छ । सो समितिले शिव प्रसाद पौडेललाई संयोजक चयन गरेको महासचिव बुद्घिराज घिमिरेले जानकारी दिनु भयो ।

संयोजक पौडेलले परिषदलाई कुनै आर्थिक भार नपर्ने गरी आर्थिक स्रोत जुटाईने वताउनु भयो ।

नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङको बिशेष भूमिका र प्रस्ताव रहेको उक्त भलिवल खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीको सहभागिता रहने छ । पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराको आयोजनामा राजकुमार गुरुङले कार्यक्रम संयोजकको ज़िम्मेवारी लिनु भएको सो आयोजना सम्पन्न गर्न करिव २३ लाख १२ हजार ८ सय ६६ रुपैयाँ लाग्ने अनुमान छ ।

प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो पुरस्कार ७५ हजार, ५ सय ७५ रुपैयाँ, तेस्रो पुरस्कार ५५ हजार, ५ सय ५५ रुपैयासंगै शिल्ड, मेडल र प्रमाण पत्र उपलव्ध गराइने छ भने सान्त्वना पुरस्कारमा २५ हजार, ५ सय २५ रुपैया रहेको छ ।

पोखरा रंगशालामा हुने उक्त आयोजना २७ असोजबाट कार्तिक २ गतेसम्म हुने नेपाल जापान भलिवल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो ।

यसै गरी एनआरएनए जापानले नेपालमा हुने महिला तथा बालबालिकामाथि हुने हिंसा बिरुद्ध न्यायिक सहयोगको लागि ५ लाखको स्रोत जुटाई माइतीसंग समन्वय गर्ने गरी कार्य गरिसकेको छ । नेपालका बिभिन्न जिल्लाका ५० जना बिद्यार्थीको लागि छात्रवृत्तिसंगै बारा पर्सामा हावा हुरीबाट प्रवाबित क्षेत्रमा सहयोगको लागि ६ लाख येन आईसिसि मार्फत प्रवावित क्षेत्रमा सहयोग गरिसकेको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!