एनआरएनए जापानले १०० जना विद्यार्थीलाई छात्रवृत्ति दिंदै (विज्ञप्ति सहित)

10 May, 2019 14:23 | एन आर एन न्युज , जापान | comments | 19650 Views

गैर आवासीय नेपाली संघ(एनआरएनए) जापानले जापानमा अध्ययनरत १०० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ । हाल ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिंदै आएको संघले यो संख्या बढाएर १०० जनामा पुर्याएको हो ।

adsads

जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्थामा एनआरएनए जापानले समस्या न्यूनिकरणमा बिभिन्न माध्यमबाट अग्रसरता देखाउदै आएको छ ।

जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ , तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै जापानी भाषा स्कुलमा अध्ययनरत जेहेन्दार तथा लगनशील १०० जना विद्यार्थीलाई विशेष छनौट प्रक्रियाका आधारमा यो सेवा दिन लागिएको हो ।

गत मे ८ तारिंक एनआरएनए जापान अध्यक्ष टाशी वांग्दी लामा र ईन्टरनेशनल ह्युम्यान रिसोर्स नेटवर्कसंग समन्वय गरेर सेवामुलक क्षेत्रमा काम गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत योसिहारु कोमियामा बीच भएको दोहोरो सम्झौतालाई कार्यान्वयन गर्दै दोस्रो पटक उक्त संस्थामार्फत एनआरएनए जापानको समन्वयमा हाललाई १००जना नेपाली जेहेन्दार तथा लगनशील विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले छात्रवृत्तिका मापदण्ड केहि दिनमा सार्वजनिक गरिने बताए ।

विज्ञप्ति-

विद्यार्थीलाई छात्रवृत्ति

जापानी नागरिकद्वारा छात्रवृत्ति वितरण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More