एनआरएनए नाइजेरिया एनआरएनए नाइजेरिया

  • एनआरएनए नाइजेरिया
  • एनआरएनए नाइजेरिया
  • एनआरएनए नाइजेरिया

एनआरएनए नाइजेरियाको सातौ बार्षिक साधारण सभा सम्पन्न : अध्यक्षमा रोशन थापा

15 July, 2019 15:03 | एन आर एन न्युज | comments | 16950 Views

एनआरएनए नाइजेरिया

लेगोस, नाइजेरिया । गैर आवासीय नेपाली संघको आइतबार नाइजेरियाको लेगोसमा सम्पन्न सातौ बार्षिक साधारण सभाले सन २०१९- २०२१ का लागि रोशन थापाको अध्यक्षतामा सर्वसम्मतीले नयाँ कार्य समितिको गठन गरेको छ ।

adsads

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तराष्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भए देखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफुलाई स्थापित भएको र एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेकोमा गर्व गर्नु भयो ।

त्यसै गरि साधारण सभामा आईसिसी महिला उप संयोजक मन थापा, आईसीसी सदस्य चिरन्जिबी रोका, पूर्व अफ्रिका उप संयोजक बिदुर घिमिरे, उपाध्यक्ष बिरेन्द्र गुप्ताले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष बिश्वास पौडेलले गर्नु भएको थियो ।

साधारणसभाले सन २००१९-२१ का लागि आइसीसी सदस्यमा बिश्वास पौडेललाई चयन गरेको छ भने उपाध्यक्षमा बिरेन्द्र गुप्ता,उर्मिला रोका, सुशील गिरी महासचिवमा अभिषेक मान सिंह, सचिबमा रोहित भाङ्गर, सोमेश अर्याल कोषाध्यक्षमा रमेश गुप्ता, सहकोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल, राजु धिताल, इन्द्र टन्डन, विष्णुगिरी र लक्ष्मी गुरुङ निर्वाचित भएका छन् ।

कार्य समितिको महिला संयोजकमा सावित्री गुप्ता र युवा संयोजकमा फिरोज आलम निर्वाचित भएका छन् । त्यसैगरी सल्लाहकारमा हिक्मत थापा, चिरञ्जीवी रोका, बिदुर घिमिरे, संजय थापा र शंकर बर्मा चयन हुनु भएको छ ।

साधारण सभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सांस्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ ।

एनआरएनए नाइजेरियाबाट आंधी पीडितलाई एकलाख एकतिस हजार सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एनआरएनए नाइजेरिया

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल

फेसबुक

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल

ट्वीटर

सामाजिक सञ्जाल

More