एनआरएनए पोर्चुगलएनआरएनए पोर्चुगल

  • एनआरएनए पोर्चुगल
  • एनआरएनए पोर्चुगल
  • एनआरएनए पोर्चुगल
  • एनआरएनए पोर्चुगल
  • एनआरएनए पोर्चुगल
  • एनआरएनए पोर्चुगल

एनआरएनए पोर्चुगलको निर्वाचन समिति गठन

18 August, 2017 16:21 |एन आर एन न्युज | comments | 225750 Views

    एनआरएनए पोर्चुगलवाईवि तमू, लिस्वन- गैर आवासीय नेपाली संघ,पोर्चुगलको आशन्न छैठौँ अधिवेशनका लागि अशोक घिमिरे संयोजक रहेको पाँच  सदस्सीय समिति गठन गरिएको छ ।

    आगामी सेप्टेम्वर १०,२०१७ मा हुने एनआरएनए,पोर्चुगलको छैठौ महाधिवेशनका लागि गठित उक्त समितिमा सुरेन्द्र अमगाई, तारा कुमारी गुरुङ,राज कुमार थापा र श्याम सुन्दर श्रेष्ठ सदस्य रहेका छन ।

    adsads

    अचम्मको कुरा निर्वाचन समिति गठन गर्दा सम्म पनि एनआरएनएमा आगामी २०१७-२०१९ का लागि आइसीसी सदस्य तथा राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा कसैले आधिकारिक उम्मेदवार घोषणा गर्न सकेका छैनन ।

    स्वतन्त्र एनआरएनए भनिए पनि दलिय भागबन्डाबाट टाढा नरहेको एनआरएनएमा जनसम्पर्क समितिका तर्फबाट दुई जना उम्मेदवारको दावी रहेको जानकारी प्राप्त भएको छ जसले गर्दा उम्मेदवार घोषणामा ढिलाई भएको कुरा जानकारहरु बताउछन ।

    अघिल्लो वर्षको तुलनामा करिव १ हजार भन्दा बढी सदस्य संख्या थपिएको एनआरएनए,पोर्चुगलबाट अन्तर्राष्ट्रिय समन्वय समितिमा दुई जना सदस्य चयन हुने पक्का भएको छ ।

    दलिय समिकरणलाई प्राथमिकता दिने कि स्वतन्त्र एनआरएनए,निर्माण गर्ने भन्ने बारेमा सामाजिक संजालमा निक्कै बहस भएको छ केहिले स्वतन्त्र एनआरएनएको ओकालत गर्दै सामाजिक संजाल रंगाए पनि वास्तविकतामा त्यो नहुने पक्का जस्तै भएको छ कारण जनसम्पर्क समिति नै पोर्चुगल एनआरएनएको मेरुदण्ड हो ।

    विगतको इतिहास देखि जनासमपर्क बाहेक अन्य राजनीतिक झुकाव राख्ने कोहि पनि एनआरएनले नेतृत्व गरेको रेकर्ड छैन ।विगतमा भन्दा यस पटक जनसम्पर्कबाटै दुई जना अध्यक्षका प्रत्याशी देखिएकाले उम्मेदवारको घोषणा हुन् नसकेको दरिलो शुत्रको दावी छ ।त्यसको त सुनिल संगम वर्तमान उपाध्यक्ष तथा सदस्य कुवेर कार्की द्वय एनआरएनए,पोर्चुगलको आगामी नेतृत्वको दौडमा रहेका छन ।

    दुवै जनसम्पर्क समितिका सदस्य भएका कारण सस्थापन पक्षलाई निर्णय गर्न निक्कै गाह्रो परेको कुरा निकट शुत्र बताउछ ।तर पनि आपसी समजदारीमै उम्मेदवार तोक्ने कुरामा ढुक्क रहेको कुरा जनसम्पर्क समितिका नेतृत्वहरु दावी गर्छन ।

    उता, आदिवासी जनजाति महासंघ,पोर्चुगल पनि वलियो शक्तिका रुपमा स्थापित रहेको छ । समावेशी एनआरएनए बनाउनेमा महासंघ वाधा नबन्ने तर वायस गरेर लाद्न खोजेमा अध्यक्ष सहितको समानान्तर प्यानलनै उम्मेदवार उठाउने लगभग निर्णयमा पुगेकोकुरा अध्यक्ष नर भुपाल राई बताउछन ।

    दलिय भागवण्डाकै कुरामा संघिय समाजवादी फोरम, जन प्रगतिशील मंच,नेपाली प्रवाशी मंचको आ-आफ्नै आंकलन रहेको
    छ ।

    आईसिसि वा महासचिव मध्ये एक जना ग्यारेन्टी गरेर अघि बढ्ने मनस्थितिमा रहेको जन प्रगतिशील मंच छ भने नेपाली प्रवासी मंच पनि यदि सहमतिको वातावरण बनेमा आईसीसी र यदि त्यसो हुन् नसके अध्यक्षको निर्वाचनमै भए पनि जाने मनस्थितिमा बसेको अवस्था रहेको कुरा विशेष शुत्रले बताएको छ ।

    संघिय समाजवादी फोरम वा आदिवासी जनजाति महासंघमार्फत पेम्वा शेर्पालाई दुई जना मध्ये एक जना आइसीसी सदस्यमा सहमति गराउने सोचमा रहेको कुरा निकट शुत्र बताउछन ।

    यसरी समग्रमा हेर्दा एनआरएनए,पोर्चुगलको आगामी अधिवेशन निक्कै सकस र कडा हुने अनुमान गर्न सकिन्छ ।

    एनआरएनए पोर्चुगलको उपाध्यक्षमा शाहीको उम्मेदवारी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एनआरएनए पोर्चुगल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More