एनआरएनए वक्तृत्वकला उपाधिका लागि ३० देशका ६० जनाको प्रतिस्पर्धा

8 August, 2020 14:55 | एन आर एन न्युज | comments | 25800 Views

गैरआवासीय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा आइतबार हुने एनआरएनए वक्तृत्वकला प्रतियोगितामा ३० देशका ६० जना विद्यार्थीले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा हुने प्रतियोगिता नेपाल राष्ट्र र राष्ट्रियतप्रति एनआरएका दोस्रो पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको फाइनल राउण्डमा एनआरएनए एनसिसीमार्फत प्रतिस्पर्धा गराउँदै तीन जनासम्मको सहभागिता रहेको आयोजक एसिया प्याशिफिक युवा कमिटिका संयोजक तथा कार्यक्रम संयोजक दीपक कँडेलले जानकारी गराउनुभयो ।

  

प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई र अष्ट्रियाका प्रतियोगीले उपाधीका लागि प्रतिस्पर्धा गर्ने संयोजक कँडेलले जानकारी दिनुभयो ।

अनलाईन जुम मार्फत (अडियो, भिडियो) हुने सो प्रतियोगितामा विद्यार्थीले अगस्ट ९ तारिख आइतबार नेपाल समय ३ बजेबाट अन्तिम प्रतिस्पर्धा गर्ने भएका छन् ।

संयोजक कँडेलका अनुसार प्रतियोगितामा हाँस्यकलाकार सन्दीप क्षेत्री, साहित्यकार प्रकाश सायमी र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेल र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहनु भएको छ । यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथि रहनुहुनेछ ।

प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । एसिया प्याशिफिक डिआरसी समेत रहनु भएको पारसमणी पोखरेललका अनुसार पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजार नगद तथा प्रमाणपत्र सहितको पुरस्कार ब्यवस्था गरिएको छ । साथै प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगीका लागि एक जनालाई लिटल मास्टरको टाइटल प्रदान गरिनेछ भने एक जनालाई एनआरएन राइजिङ स्टारले सम्मान गरिने छ ।

सो प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कारको लागि डिपवे फाउन्डेसनले आर्थिक सहयोग गरेको र अन्य सहयोग समेत उठ्ने क्रम जारी रहेको संयोजक कँडेलले बताउनुभयो ।

सो प्रतियोगितामा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्तले भिडियो सन्देश पनि पठाउनुभएको छ ।

गैरआवासीय नेपाली संघले विदेशमा स्थायी रुपमा बसोबास गरिरहेका अभिभावकका बालबालिकालाई देशप्रति माया जगाउन, नेपाली भाषा, संस्कृति, साहित्य र रहनसहन लगायतका विषयमा जानकारी दिने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेको छ । त्यसै सिलसिलामा विदेशमा रहेका दोस्रो पुस्ताका अभिभावकका बालबालिकालाई राष्ट्रप्रति भावना जगाउन युवा कमिटीकै पहलमा यो अभियानलाई अगाडि बढाउने उद्देश्यले वक्तृत्वकला प्रतियोगितामा आयोजना गरिएको हो ।

पहिले एसियाप्यासिफिक स्तरिय गर्ने भनिएको कार्यक्रम एनआरएनए आईसीसीको आग्रहमा विश्वव्यापी गरिएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More