एनआरएनए सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक सुरु

6 July, 2019 20:35 |एन आर एन न्युज | comments | 16050 Views

    गैरआवासीय नेपाली संघको सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक शनिबारबाट म्यानमारको याङ्गोनमा सुरु भएको छ । औपचारिक उद्घाटन कार्यक्रम आइतबार ७ तारिक हुने भए पनि शनिबारको कार्यक्रमको सुरुवात अध्यक्ष भवन भट्टले संवोधनबाट गर्नु भयो ।

    adsads

    बैठकमा संघका केन्द्रिय अध्यक्ष भवन भट्ट, प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय संसदका माननीय सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत भीम उदासको सहभागिता छ ।

    त्यसै गरी उपाध्य़क्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा बद्री केसी, सचिव डिबि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा हेमराज शर्मा लगायत एसिया क्षेत्र लगायत विश्वका विभिन्न देशबाट केन्द्रीय पदाधिकारी, सदस्य, मानार्थ सदस्य एवं पूर्व पदाधिकारी र सदस्यहरु सहित करिव ३ सयको सहभागिता रहेको छ ।

    क्षेत्रीय संयोजक किरण विक्रम थापाको सभापतित्वमा भएको बैठकमा शनिबार एनसिसिहरुको प्रस्तुति, महिला तथा युवासंग सम्बन्धित कार्यक्रम समाविष्ट छन् । ‘नेपालको समृध्दिका लागि गैर आवासीय नेपालीहरुको भूमिका’ विषयमा बैठक केन्द्रित हुने छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    एएफसी यू–१६ च्याम्पियनसिप

    फेसबुक

    एएफसी यू–१६ च्याम्पियनसिप

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!