एनआरएन जापानद्वारा सार्वजनिक अपिल

26 April, 2013 17:38 | जापान | comments | 61050 Views

टोकियो- गैर-आवासीय नेपाली संघ जापानका प्रवक्ता शरद कुमार गौचनद्धारा बिभिन्न तिनवटा बिषयमा सार्वजनिक सुचना जारी गर्दै एक बिज्ञप्ति मार्फत बिशेष अपिल गर्नुभएको छ ।

 

एनआरएनको एसिया प्रशान्त क्षेत्रिय भेलामा सहभागिता जनाउनका लागि अनुरोध गरिएको  छ । आउँदो मे महिनाको १७ र १८ तारीखमा फिलिपिन्सको राजधानी मनिलामा हुन गईरहेको गैर-आवासीय नेपाली संघद्धारा आयोजित एशिया प्रशान्त क्षेत्रीय भेलामा सहभागि हुनको लागि एनआरएनका शुभचिन्तक तथा समस्त जापानबासी नेपालीहरुलाई सार्वजनिक अपिल तथा खुला निमन्त्रणा गरिएको छ । उत्त बैठकमा भाग लिन एकसय अमेरिकन डलर प्रति ब्यक्ति शुल्क लाग्ने ब्यहोरा समेत जनाईएको छ । बैठकमा भाग लिनको लागि अन एराईभल भिसा उपलब्ध हुने हुनाले बैठकमा सहभागि जनाउने महानुभावहरुले आफ्नो बिवरण एनआरएन जापानलाई दरखास्त दिनु हुन पनि अनुरोध गरिएको छ । उत्त बैठक मनिलाको Mandarin Oriental Hotel, Makati City मा हुने भएकोले हवाई टिकट बुकिङ्ग र होटल तर्जुमाको लागि आफ्नो अनुकुलता अनुसार आफैले मिलाउन सक्नुहुने ब्यहोरा समेत उल्लेख गरिएको छ ।

  

 

यसै गरि “एभरेष्ट नेपाल एक्जिवेश ” मा उपस्थिति तथा सहयोगका लागि पनि एनआरएन जापानका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ । जापान स्थित नेपाली दुताबासको आयोजना र एनआरएन जापानको सह-आयोजनामा यहि आउँदो जुन महिनाको १ र २ तारीखमा “Everest Nepal Exhibition” कार्यक्रम हुने भएको छ ।

 

 

पहिलो पटक जापानमा हुन गईरहेको यस बृहत कार्यक्रममा आ-आफ्नो क्षेत्रबाट अनुकुलता अनुसार सक्रिय सहभागिता जनाई नेपालको पर्यटन बिकाशमा सहयोग पुर्याउन हुन जापानबासि नेपालीहरुलाई हार्दिक अनुरोध गरिएको छ । उत्त २ दिने वृहत कार्यक्रममा नेपाली कला, संस्कृति तथा पर्यटन प्रवन्धन गर्ने हेतुले बिभिन्न सांस्कृतिक प्रदशनीहरु एवं नेपाली खानाको स्तल समेत राखीने कुरा जनाईएको छ । साथै उत्त अबसरमा जापानी प्रख्यात पर्वतारोहिहरुको चिनारि, उनिहरुको सम्मान र बिभिन्न बिषयमा सिम्पोजियम,सेमिनार समेत गरिने कुरा जनाकारि गराईएको छ । पहिलो पटक जापानको प्रसिद्ध पर्यटन स्थल टोक्यो टावरमा भब्य आयोजना हुन गईरहेको यस कार्यक्रममा जापानबासी नेपाली, जापानी तथा अन्य महानुभावहरुको उत्साहजनक सहभागिताको लागि गैर-आवासीय नेपाली संघ जापानले विज्ञप्तिमार्फत हार्दिक अनुरोध गरेको छ ।

 

 

एभरेष्ट ईन्टरनेशनल स्कुलमा आर्थिक संलग्नता तथा संम्भावित क्षेत्रबाट सहयोग गर्न पनि एनआरएन जापानले हार्दिक अनुरोध गरेको छ ।  “नेपालीका लागि नेपाली” भन्ने मुल नारा अनुरुप जलबिद्युत, बिबि एयर जस्ता लगानीका क्षेत्रमा एनआरएनको अनुरोधलाई आत्मसाथ गर्दै देखाउनु भएको उत्साहजनक सहभागिताको लागि हार्दिक कृतज्ञता ब्यक्त गर्दै पुन: जापानबासी नेपाली समुदायलाई सेवा गर्न, नेपाली पाठ्यक्रममै संचालनमा आएको नेपालीको पहिलो प्रयास र अभियान “एभरेष्ट ईन्टरनेशनल स्कुल” मा थप सहयोग र संलग्नताको लागि एनआरएन जापानले हार्दिक अनुरोध गर्दछ ।”-विज्ञप्तिमा भनिएको छ । साथै नेपाली द्धारा नै नेपालीहरुकै लागि गरिएको यस महान कार्यमा बिगतमा झै उत्साह जनक लगानी र संम्भावित क्षेत्रबाट सहयोग हुनेछ भन्ने बिश्वास लिएको कुरा पनि प्रेषित बिज्ञप्तिमा जनाईएको छ ।

 

 

यस बिषयमा थप सहयोग र बिस्तृत जानाकारिको लागि एनआरएन जापानका पदाधिकारिहरु क्रमश: ओम गुरुङ (09-7177-3977), बिष्णुहरि रेग्मी (090-1371-3750) र नर बहादुर थापा (080-5495-5877) लाई सम्पर्क गर्नहुन पनि अनुरोध गरिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More