एनओसीकोे निर्वाचन शनिबार
नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिका लागि यही भदौ २८ गते निर्वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि भदौ २० गतेका लागि तय गरिएकोे निर्वाचन सर्वोच्च अदालतको आदेशले स्थगित भएको थियो । न्यायाधीशद्धय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यही भदौ १७ गते अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको थियो ।


सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको रुक्मशम्शेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।
नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा हुनुहुन्छ ।
त्यस्तै कोषाध्यक्षमा रतन टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसक्नुभएको छ । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ ।
एनओसीको निर्वाचन स्थगित
तपाईंको प्रतिकृया
ताजा समाचार
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
- निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- एपिएफ अस्पतालमा सडक मानवलाई निःशुल्क सम्पूर्ण सेवा : महानिरीक्षक खनाल
- धर्म र पर्यटनलाई जोड्दै तीर्थहरुमै श्रेष्ठ मानिएको देवघाटधाम
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


