नेपाल ओलम्पिक कमिटी नेपाल ओलम्पिक कमिटी

  • नेपाल ओलम्पिक कमिटी
  • नेपाल ओलम्पिक कमिटी
  • नेपाल ओलम्पिक कमिटी
  • नेपाल ओलम्पिक कमिटी
  • नेपाल ओलम्पिक कमिटी

एनओसीको निर्वाचन स्थगित

6 September, 2019 10:25 | खेल | comments | 22200 Views

नेपाल ओलम्पिक कमिटी

नेपाल ओलम्पिक कमिटी (एनओसी) को शुक्रबारको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा बिहिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको छ । यही भदौ १७ गते सर्वोच्च अदालतले एनओसीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

  

रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षलाई यही भदौ २२ गते छलफलका लागि बोलाएको छ ।

नेपाल ओलम्पिक कमिटी(एनओसी)को निर्वाचन भदौ २० मा हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाल ओलम्पिक कमिटी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More