एनटीसीको मोबाइलमा समस्या देखिनसक्ने टेलिकमले दियो यस्तो सुझाव

7 September, 2019 22:23 |सूचना/प्रविधि | comments | 3900 Views

    मुलुकको अग्रणी दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको फोरजीमा अपग्रेड गर्न लागेकाले जीएसएम मोबाइल सेवामा शनिबार (भदौ २१ गते) रातिदेखि समस्या देखिनसक्ने बताएको छ । हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ ।

    adsads

    आगामी माघसम्म देशभर नै फोर(जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् । कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छ ।

    यसैक्रममा मोबाइल सेवा प्रभावित हुनसक्ने टेलिकमको भनाइ छ । शनिबार राति ११।३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले बताएको छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।

    यो सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले आम ग्राहकसँग आग्रह गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राष्ट्रपति विद्यादेवी भण्डारी

    फेसबुक

    राष्ट्रपति विद्यादेवी भण्डारी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!