एनडिएफ जापानको अधिबेशन अगष्टमा हुने

25 April, 2013 19:14 | जापान | comments | 99000 Views

टोकियो– नेकपा एमालेको भ्रातृ संगठन नेपाली लोकतान्त्रिक मन्च जापान (एनडिएफ)ले आगामी अगष्टमा हुने तेस्रो अधिवेशन भब्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण जापानबासी नेपालीहरूलार्इ हार्दिक अपिल गरेको छ । एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्लेले एक विज्ञप्ति जारी गरी उक्त आव्हान गर्नुभएको हो ।

 

 

  

काफ्लेद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ – “मानवअधिकारको सम्बर्धन र प्रबर्धन, नेपाली जनताको प्रजान्त्रिक हक र अधिकारको समरक्षण र सिङगो नेपालको बिकासका बिषयहरुलाई निरन्तर रुपमा उठाउदै आइरहेको सिद्दान्त जनताको बहुदलिय जनवादको सिद्दान्तमा अगाडि बढीरहेको पार्टी नेकपा एमालेको भात्रृ सङ्ठन एन डि एफ जापान आफ्नो दोस्रो कार्यकाल सफलताका साथ सम्पन्न गर्दै तेस्रो अधिबेशनको संघारमा उपस्थित छ । एनडिएफ जापानको दोस्रो अधिबेशनबाट निर्वाचित कार्यसमितीलाई सहयोग, सद्भाव र माया प्रदान गर्नु हुने यसका सद्स्यहरु र शुभ चिन्तकहरु सबैमा एन डि एफ जापान हार्दिक धन्यवाद दिदै उहाहरु प्रति हार्दिक आभार प्रकट गर्दछ।”

 

 

एन डि एफ जापानको गत २४ तारिख टोकियोमा सम्पन्न केन्द्रिय कमिटीको तेस्रो बैठकबाट एनडिएफ जापानको तेस्रो अधिबेशन अगस्ट महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने गरी एन डि एफ जापानका अध्यक्ष सिर्जना काफ्ले सयोजक रहेन गरी मौजुदा एनडिएफ जापानको केन्द्रिय समितीलाई अधिबेशन आयोजक समिती मा परिवर्तन गरी अधिबेशन सम्पन्न का लागि बिभिन्न १६ वटा अधिबेशन तयारी उप- समितीको गठन गरिएको छ।
“एनडिएफ जापान आफ्नो अधिबेशन छिट्टै सम्पन्न गरी सम्पुर्ण जापानबासी नेपाली दाजु भाई दिदी बहिनीहरुको माझमा” नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा र लोक्तान्रिक संबिधान निर्माणका लागि नेपाल जाऔ सुर्य चिन्हमा मतदान गरौ” भन्ने नाराका साथ तपाईंहरुको बिचमा आउने छ।”-विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जापानबासी नेपाली दाजु भाई तथा दिदीबहिनीहरुले एनडिएफ जापानको तेस्रो अधिबेशन भब्यताका साथ सफल पार्न पहिलेका दिनमा जस्तै आगामी दिनहरुमा पनि सहयोग गर्ने विश्वास गरेको उक्त विज्ञप्तिमा जनाईएको छ।
अधिवेशन सम्पन्न गर्न १६ तयारी समिति गठन
१ प्रतिबेद्दन र दस्तावेज लेखन समिती
२ अर्थ समिती
३ प्रतिनिधी ब्यबस्थापन
४ प्रचार प्रसार
५ बेभ ब्यबस्थापन
६ अतिथी सत्कार
७ अधिबेशन स्थल ब्यबस्थापन समिती
८ संघ सस्था संपर्क
९ अतिरिक्त कृयाकलाप
१० क्षेत्र समन्वय
११ आवास र भोजन ब्यबस्थापन
१२ यातायात ब्यबस्थापन समिती
१३ बिधान परिमार्जन र संसोधन
१४ स्वयमसेवक
१५ कार्यलय ब्यबस्थापन
१६ महिला बिभाग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More