एनडिएफ टोकियो क्षेत्रीय कमिटीले २० औं मदन-आश्रति स्मृति दिवस कार्यक्रम गर्दै

23 April, 2013 12:35 | जापान | comments | 36300 Views

टोकियो-एन डी एफ जापानको टोकियो क्षेत्रीय कमिटीको आयोजनामा २० औं मदन-आश्रति स्मृति दिवस समारोह मनाउने भएको छ । सदाका बर्षहरुमा झै यस बर्ष पनि आउदो मे २६ तारिखको दिनमा पनि नेपाली क्रान्तिको कार्यक्रम जनताको वहुदलीय जनवादको प्रणेता जननेता क. मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रतिको २० औं पुन्य तिथिको अवसरमा मदन आश्रति स्मृति दिवस मनाउन लागिएको हो ।

 
एनडिएफ जापान क्षेत्र नं. २ का सचिव वुद्धिराज घिमिरेले जारी गरिएको विज्ञप्तिमा भनिएको छ – बहुदलीय जनबादको प्रतिपादन गरेर नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक पहिचान राख्न सफल मदन भण्डारीको आज पनि उत्तिकै अभाव खडकेको छ, अहिले देशमा जुन स्थिति छ, मदन आश्रति जीवित रहेको भए शायद मुलुकले आजको यस्तो राजनैतिक अस्थिरता भोग्नुपर्ने थिएन होला ।”

 
उक्त कार्यक्रममा नेपाली क्रान्तिको कार्यक्रम, जनताको वहुदलीय जनवाद सम्बन्धी प्रवचन, स्मृति सभा तथा विविध कार्यक्रमको आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ । उक्त कार्यक्रममा वहुदलीय जनवादप्रति विश्वास राख्ने सम्पूर्ण जापानवासी नेपालीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ ।
कार्यक्रम सम्बन्धी जानकारीः
मितिः २०१३ मे २६ आइतवार
समयः दिनको ४ बजे
स्थानः ओमोरी, सेयु ५ तला

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More