एनिमेशन स्टुडियोमा आगजनी : उपन्यासकार दावी गर्नेबाट प्रतिशोधका कारण

21 July, 2019 14:47 |जापान | comments | 19950 Views

    बिहिबार क्योटोको एक एनिमेशन स्टुडियोमा भएको आगजनी प्रतिशोधको भावनाले गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीका अनुसार आगजनीमा परी घाइते भएका ती पुरुषले कम्पनीमाथिको प्रतिशोध साध्न आगो लगाएको हुनसक्छ ।

    adsads

    शिनजी ओओबा नामक ती व्यक्तिले बिहिबार स्टुडियोको मूल ढोकामा प्रज्वलनशल तल पर्दा छर्केर आगो लगाएका थिए । आगलागीमा परी ३४ जनाको ज्यान गएको छ ।

    प्रहरीका अनुसार जब उनीहरुले हमलाकारी पक्राउ गरियो तब उनी चिच्याउँदै स्टुडियोले उनको उपन्यासको केही भाग चोरेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार पनि उनले चिच्याउँदै स्टुडियोले उनको उपन्यासको एक भाग चोरी गरेको र कम्पनीका अध्यक्षसंग कुरा गर्न माग गरेका थिए ।

    क्योटोको एनिमेसन स्टुडियोमा आगजनी- २४ जनाको मृत्यु

    प्रहरीका अनुसार ती उपन्यासकारले कहिल्यै पनि सो कम्पनीका लागि काम गरेका छैनन् र उनले कुनै उपन्यास प्रकाशन गरेको पुष्टि गर्न सकेका छैनन् । उनको मानसिक उपचार समेत सुरु गरिएको छ ।

    घाइते आओबालाई शनिबार विहान क्योटो शहरको एक अस्पतालबाट ओसाका प्रान्तमा रहेका पोलेको उपचार गर्ने विशेषज्ञ अस्पतालमा सारिएको छ । प्रहरीका अनुसार हमलाकारी ४१ वर्षीया आओबा आपराधिक पृष्ठभूमिका पनि हुन् ।

    अनुसन्धानकर्ताहरुले उनलाई इबाराकी प्रान्तनिवासी उनी २०१२ मा एक स्टोरमा डकैती गरेको अपराधमा तीन वर्षको सजाय भोगेका थिए । जेलबाट छुटेपछि केही दिन पूर्व कैदीको आश्रयस्थलमा बसेपछि साइतामामा बस्न थालेका थिए ।

    प्रधानमन्त्री ओलीद्वारा क्योटोको एनिमेशन स्टुुडियोमा भएको आगजनीप्रति समवेदना

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More