एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् । बङ्गलादेशसंँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिनुभयो ।
विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी एक वर्षपछि बन्द प्रशिक्षणका लागि छनोट हुनुभएको छ । एक वर्षअघि तीनै खेलाडी एन्फाको अनुशासनको कारबाहीमा परेका थिए । बन्द प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालन गरिने प्रशिक्षक महर्जनले बताउनुभयो ।


सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा आयोजना हुने एएफसी एशियन कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीमा गोलकिपरतर्फ विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, किरणकुमार लिम्बू, विकेश कुथु, अर्पण कार्की र देव लिम्बू रहेका छन् ।
डिफेन्डरतर्फ सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ. निशान खड्का, छिरिङ गुरुङ, दिनेश, रञ्जदीप पौडेल, सुरज विक, आशिष गुरुङ, रोहित चन्द र दिलेन मोक्तान हुनुहुन्छ ।
यसैगरी मिडफिल्डरतर्फ अशोक थापा, सुवास गुरुङ, दीपेश आले मगर, तेज तामाङ, सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्छेन तामाङ, सन्तोष, सुनिल बल, हेमन्त थापा मगर, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, रवि पासवान, पुजन उपरकोटी र त्रिदेव गुरुङ तथा फरवार्डतर्फ राजेश परियार, विमल राना, अञ्जन विष्ट, विमल, अभिषेक रिजाल, रेजिन सुब्बा, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ, भरत खवास, नवयुग श्रेष्ठ र दर्शन गुरुङलाई बन्द प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- भोलदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
- अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
- हत्याको आशंकामा आर्यघाटबाट जल्दै गरेको शव प्रहरीद्वारा बरामद
- प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन
- हिमालमा हिउँ टल्कनै छाडेपछि हराउँदै सौन्दर्य
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


