एन आर एन कान्साईको नेपाली नयाँ बर्ष कार्यक्रमको तयारी अन्तिम चरणमा

10 April, 2013 12:50 | जापान | comments | 47250 Views

नेपाली नयाँ बर्ष २०७० को अवसर पारेर ओसाकामा अयोज़ना हुनलागेको नेपाली नयाँ बर्ष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । वर्ष भरिको थकानलाई थोरै भएपनि हासीखुशीको साथ नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको जमघट अनि शुभकामनाको आदानप्रदान लाई बिशेष महत्वको रुपमा हेरिएको आयोजकले जनाएको छ । अप्रिल १४ (२०१३) मा हुने कार्यक्रममा स्थानीय कलाकारहरुको साथमा विभिन्न नाचगानको भव्य प्रस्तुती तथा नेपाली परिकारको पनि ब्यबस्था गरिएको छ।

नेपालीहरुको जमघट अनि कान्साईमा बस्ने नेपालीहरुको अत्मियतालार्इ अझै प्रगाढ गर्ने तथा नेपाली कला, संस्कृतिलाई जोगाई राख्ने उदेश्यले आयोजना गरिएको नया वर्षको कार्यक्रम बेलुका ६ बजेबाट ८:३० सम्म गरिने छ भने स्थान ओसाकाको निसी कुमिन सेन्टर (सेननिचीमाए सेन र चुरुमीरयोउकुची सेनको निसिनागाहोरी) एकिबाट २ मिनेट रहेको छ। टिकट दर ३००० (तिन हजार ) ऐन अनि सिटको अग्रीम बुकिंगको लागि एन आर एन कान्साईको फेस बुक पेज साथै निम्न व्यक्ति अथवा नजिकका कार्यसमितिका मित्रहरुलाई सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गरिएको छ।

कान्साईमा रहेका सम्पूर्ण संघ-संस्था तथा बुद्दिजिवीहरुलाई यसै समाचारलाइ सुचना मानी उपस्थितीको लागि आग्रह गर्दै कार्यक्रममा कान्साईमा बसोबास गर्ने नेपालीहरुको बृहत उपस्थितिको आशा गरिएको छ।

  

थप जानकारीका लागिः
1. नारायण के .सी .09091605782
2. नरेन्द्र बस्नेत 09091698550
3. रमेश बाबु घिमिरे 08053044436
4. टिकाराम कंडेल 09066072298
5. भुमिराज दवाडी 09042833512
६.तुलसीराम खरेल 09066662485
७.दिलाराम शर्मा 08031151535
एन आर एन कान्साई सचिब
रमेश बाबु घिमिरे

地下鉄 千日前線「西長堀」駅 7番出口 北へ100m
地下鉄 鶴見緑地線「西長堀」駅 3番出口 南へ100m

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More