एन आर एन जापान कान्तोको अधिबेशन जुलाईमा हुने

14 April, 2013 14:04 | जापान | comments | 30750 Views

एन आर एन जापानको राष्ट्रिय अधिबेशनको मिति तोकी क्षेत्रीय अधिबेशन २०१३ जुलाई १८ भित्र अधिबेशन गर्न केन्द्र बाट परिपत्र गरे लगतै क्षेत्रिय कमिटि कान्तोको बैठक कार्यसमितिको संयोजक श्रवण सत्यलको अध्यक्षमा बसी जुलाई १४ आइतबार कान्तोको तेस्रो अधिबेशन निर्णय गरेको कान्तोका सचिब बुद्धिराज घिमिरेले जानकारी दिनु भयो । बिगतको बैठकका निणर्यको रिपोटिंग र समिक्षा गर्दै सुरु गरिएको बैठकले अधिबेशन तयारीको लागि बिभिन्न समितिहरु मार्फत जिम्मेवारी तोकेको छ भने प्रतिनिधि छनौट र सदस्य नबिकरणको कार्य पनि केन्द्र संग समन्वय गरि गर्ने निणर्य गर्दै केन्द्र बाट २ प्रतिनिधि अधिबेशनको लागि माग गर्ने निणर्य गरेको छ  ।

 

कान्तो क्षेत्रको अधिबेसनको लागि अतिथि को रुपमा छिमेकि देसको छेत्रीय कमिटिका पधाधिकारी लाई पनि निमन्न्त्रण गर्ने र सो को लागि आवसेक पहल गरिदिन केन्द्र लाई अनुरोध गर्ने निणर्य गर्दै गैर आबाशिय नेपाली संघ जापान को २०१० को संसोधन सहितको २०१२ को प्रस्तावना गरीयको बिधानको परिछेद – ६ को दफा १ को उप दफा ३ मा छेत्रीय कमिटि को हकमा , उप संयोजक १ जना भनियको मा कन्न्तो क्षेत्रमा नेपालीको बसोबास लाई ध्यान दिदै २ जना उप सम्योजक पद को लागि अनुरोध गर्ने निणर्य गर्दै अर्को बैठक बाट तुरुन्तै पंजीकृत र साधारण सदस्य को नामावली मिडिया मार्फत सार्बजनिक गर्ने निणर्य गरको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More