एन आर एन जापान तोकाई होकुरिकुको अधिबेशन जुलाई ७ मा

29 April, 2013 22:41 | जापान | comments | 35100 Views

एन आर एन जापानले आफ्नो अधिबेशन अगष्ट १८ गते ओसाकामा गर्ने निर्णय गरेसंगै सबै क्षेत्रीय समितिहरुलाई जुलाई १८ सम्म अधिबेशन गर्न निर्देशन गरेको छ । सोहि निर्देशन अनुसार दोश्रो ठुलो क्षेत्रको रुपमा रहेको तोकाई होकुरिकु क्षेत्रले आफ्नो अधिबेशन जुलाई ७ तारिक आइतबार गर्ने निर्णय गरेको जानकारी उक्त क्षेत्रका कार्यबाहक संयोजक बिष्णु प्रसाद घिमिरेले दिनु भएको छ ।

 

 

  

घिमिरेले दिनु भएको जानकारी अनुसार आगामी मे १८ तारिक सम्म यस क्षेत्रमा बसोबास गर्ने सबै गैह्र आवसीय नेपालीले आफ्नो एन आर एन सदस्यता नबिकरण गर्न तथा नया सदस्यता लिई सक्नु पर्ने छ अन्यथा मे १८ पछि लिइएको सदस्यताले यस वर्षको क्षेत्रीय तथा राष्ट्रिय अधिबेशनमा मान्यता पाउने छैन । त्यसैले आफ्नो क्षेत्रमा बसोबास गर्नुहुने सबै गैह्र आवासीय नेपालीलाई मे १८ भित्र आफ्नो सदस्यता लिनको लागि कार्यबाहक संयोजक घिमिरेले सबैमा अनुरोध गर्नु भएको छ ।

 

 

सदस्यता वितरण तथा नबिकरणको लागि कार्यसमिति सचिव सन्देश पोखरेल संयोजक रहने गरि बिष्णु प्रसाद घिमिरे , कृष्ण भेटुवाल , हरि श्रेष्ठ र अन्जन खनाल सदस्य भएको एक समिति चयन गरिएको छ । त्यस्तै बैठकले सस्थाका सल्लाहकार बिमल अधिकारीको संयोजकत्वमा बाँकी एक सदस्यपछि थप्ने गरि युगेन्द्र रेग्मी सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । बैठकमा एन आर एन जापानका उपाध्यक्ष डिलाराम खरेल , सचिव सरोज कंडेल र सल्लाहकार पारसमणि पोखरेल को पनि उपस्थिति रहेको थियो ।

 

स्मरण रहोस ,यस अघि नै एन आर एन जापानले सार्वजनिक सूचना जारी गरि जापानमा बसोबास गर्नु हुने सबै गैह्र आवासीय नेपालीलाई मे १८ सम्म आफ्नो सदस्यता नबिकरण गर्न तथा नयाँ सदस्यता लिन आह्वान गरिसकेको थियो ।
नयाँ सदस्यता लिन तथा नबिकरण गर्नको लागि सम्पर्क (तोकाई होकुरिकु क्षेत्रको लागि )-
सन्देश पोखरेल — ०८०-३६३७ -८८१९
बिष्णु प्रसाद घिमिरे – ०९०- ६६१३-६४९७
कृष्ण भेटुवाल – ०९०-६६१५-६३२२
हरि श्रेष्ठ – ०९०-९१७१-७२१६
अन्जन खनाल – ०८०-४२२०- ८८१९

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More