पक्राउपक्राउ

  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

9 November, 2019 23:49 |जन सरोकार | comments | 3600 Views

    सशस्त्र प्रहरी बल (एपीएफ) टोलीले झापा जिल्लाको भद्रपुर नगरपालिका ७ स्थित मेची पुलबाट कार्तिक २२ गते विभिन्न किसिमको लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्लाको बेलबारी नगरपालिका ७ बस्ने २२ बर्षिय बिशाल गुरुङ छन् ।

    adsads

    भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरुङलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा ईन्जेपाईन लुपिजेसिक ४९ वटा, ईन्जेक्सन ४९ वटा र हाईड्रोकोलिन ईन्जेक्सन ४९ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

    पक्राउ परेका गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

    यसै गरी धनुषा जिल्लाको धनौजी गाँउपालिका २ बाट कार्तिक २२ गते एपीएफ टोलीले एउटा हिउँ चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सोही जिल्लाको थिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २८ बर्षिय सुनिल ढुंगेल, ३९ बर्षिय शिवकुमार महतो र सोही जिल्लाको धनौजी गाँउपालिका ४ बस्ने ३६ बर्षिय जयराम मण्डल छन् ।

    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले करीब साढे सात फिटको एउटा हिउँ चितुवाको छालासहित पक्राउ गरेको हो ।

    नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त छाला फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद छालासहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जनकपुरमा बुझाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पक्राउ

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!