एपीवानबाट प्रशारण हुँदै ‘नेपाल लोक स्टार’

16 June, 2019 14:07 | कला/मनोरन्जन | comments | 16500 Views

बिहिबारबाट प्रशारण हुने भनिएको नेपालको मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’ दुई हप्ता पछाडि सरेको छ । प्राविधिक कारणले प्रशारण मिति पर धकेलिएको हो ।

adsads

आयोजक चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाका अनुसार ‘नेपाल लोक स्टार’ अब असार १२ गतेबाट प्रशारण हुनेछ ।प्रशारणका लागि आधा दर्जन शो तयार भइसकेका छन् ।

शोमा मेगा अडिशनका लागि सातवटा प्रदेशबाट छनोट भएका ३४५ जना काठमाडौं आएर प्रतिस्र्धामा सहभागी भएका छन् । मेगा अडिशनमा हुने सातवटा श्रृंखलाबाट ३४५ जनाबाट ७०–९० जना छनोट भएका छन् । स्थापित गर्ने एउटा श्रृंखलाबाट ७०–९० बाट २० जना छनोट हुनेछन् । नवौं श्रृंखला प्रशारण हुँदा उत्कृष्ठ २० प्रतिस्पर्धी रहनेछन् ।

उत्कृष्ठ १० सम्म निर्णायक र भोटिङ ५०र५० प्रतिशतका आधारमा छनोट हुनेछन् । उत्कृष्ठ १० बाट ८० प्रतिशत दर्शक र २० प्रतिशत निर्णायकको भोटका आधारमा प्रतिस्पर्धीको छनोट हुनेछ । फाइनलसम्म ८०र२० कै आधारमा छनोट हुनेछ । उत्कृष्ठ पाँचबाट फाइनल भनिनेछ । फाइनलमा छनोटको सबै अधिकार दर्शकको भोटमा रहनेछ ।

उत्कृष्ठ ५ जनालाई लिएर सातवटै प्रदेशमा ‘नेपाल लोक स्टार’ले कन्टशर्ट गर्ने कोइरालाले जानकारी दिए । ३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइनल हुनेछ ।

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख ९करसहित० र तेस्रो हुनेलाई १० लाख रुपैयाँ ९करसहित० पुरस्कार प्रदान गरिने छ । ‘नेपाल लोक स्टार’ को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख ९करसहित० र तेस्रो हुनेलाई १० लाख रुपैयाँ ९करसहित० पुरस्कार प्रदान गरिने छ । ‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!