एभरेष्ट ईन्टरनेशनल स्कुलको बिधिवत उद्घाटन कार्यक्रम सम्पन्न

8 April, 2013 11:19 | जापान | comments | 74100 Views

टोकियो- जापानमा नेपालीहरुद्वारा खोलिएको पहिलो नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुल जापानको हिजो टोकियोमा एक समारोहबिच बिधीवत रुपमा उद्घाटन गरियो ।कार्यक्रममा प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा. मदनकुमार भट्टराईले दिप प्रज्जवलन गरेर र रिवन काटेर उद्घाटन गर्नु भएको हो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै राजदुत डा.भट्टराईले भर्खरै मात्र सुरुबात गरिएको यस काम प्रशंसनीय रहेको बताउदै गुणस्तरीय शिक्षा दिन सकेमा भविष्यमा अत्यन्तै राम्रो हुने बताउनु भयो । भर्खरै मात्र सुरुबात गरिएको उक्त स्कुलमा बिद्यार्थी संख्या थोरै भए पनि आत्तिनु नपर्ने बताउदै डा. भट्टराईले भन्नुभयो -“त्रिचन्द्र कलेज पनि ६ जना बिद्यार्थीबाट सुरुबात भएको हो र अहिले कस्तो भएको छ हामी हेर्न सक्छौ ।”हामीले गुणस्तरीय शिक्षाका लागि बिषेश जोड दिऔ -भट्टराईले अगाडि भन्नुभयो । साथै आउँदै गरेको नेपाली नयाँ बर्षको अबसरमा शुभकामना ब्यक्त गर्दै आगामी दिनहरुमा दुताबासले गर्नुपर्ने सहयोगमा कुनै कमि नरहने पनि आश्वाशन दिनु भयो ।

  

 

यसै गरि सुगिनामी सिटीका डाईरेक्टरले सुगिनामी सिटिमा चाईना,कोरियापछि तेस्रो नम्बरमा नेपालीहरुको संख्या धेरै रहेको जानकारी दिदै आजको आवश्यतालाई पुरा गरेको बताउनुभयो । साथै स्कुलको सफलताको शुभकामना दिनुभयो ।
यसैगरी अन्य अतिथिहरुले राम्रो कामको सुरुबात भएकोमा शुभकामना ब्यक्त गर्दै गुणस्तरीय शिक्षाले मात्र समाज परिबर्तन गर्न सक्ने भएकोले आजको आवश्यता रहेको बताएका थिए।साथै शिक्षाको लागि बर्षौ देखि आफ्नो वच्चासग टाढीएर बस्नु परेको अबस्थालाई स्मरण गर्दै परिबारको मेल समेत गराएर महत्बपुर्ण भुमिका खेलेको अभिभाबकहरुले खुसि ब्यक्त गरेका थिए ।

बोल्ने अन्य अतिथिहरुमा नेपालका लागि पुर्व राजदुत मिजुनो ताचुओ एनआरएनका कोषाध्यक्ष भबन भट्ट, एनआरएन एसिया प्याशीफिक उप -संयोजक किरण बिक्रम थापा,एन आर एन जापानका महासचिब डा. राजेन्द्र पराजुली,माया संगीत संस्थाकी युको ओकामोतो मल्ल,नेपाली समुदायबाट  प्रतिनिधीत्व गर्दै डा.सुर्य पाठक,अभिभाबकबाट प्रतिनिधित्ब गर्दै कमला काप्रि,ज्योतिष ओजराज लोहनी लगायत रहनुभएको थियो ।

कार्यक्रमको सुरु आसागायाको मिनामी खाइकानमा भएको उदघाटन कार्यक्रम विद्यालयका स-साना भाईवहिनीहरुले नेपाली राष्ट्रिय गान गाएर गरिएको थियो । उक्त कार्यक्रमको बिषय प्रबेश गर्दै प्रमोटरहरुको तर्फबाट महेश कुमार श्रेष्ठले स्कुलको फि पनि चित्त बुझ्ने सस्तो भएकोले र गुणस्तरीय शिक्षा दिने उद्देश्य रहेको बताउदै सम्पुर्ण अभिभाबकलाई एभरेष्ट ईन्टरनेशनल स्कुलमा आफ्नो बच्चाहरु भर्ना गर्नका लागि आग्रह गर्नुभयो । यसैगरि एभरेष्ट ईन्टरनेशनल स्कुलका प्रदिप थापाले स्कुल सन्चालन गर्नुको लक्ष्य,उद्देश्य,अहिलेको स्टक्चर लगायतको बारेमा जानकारी गराउनु भएको थियो । सोही बिद्यालयमा अध्ययनरत एक बहिनिले नेपाली गीतमा नृत्य समेत गरेकी थिईन ।

अन्त्यमा,सभापतिको आसनबाट बोल्दै डा.भूपालमान श्रेष्ठले जापानवासी सम्पूर्ण नेपालीहरुसग सहयोगको अपेक्षा गर्दै आगामी दिनमा विद्यालयको प्रगतिको लागि अभिभावकहरुले विद्यालय प्रशासनको कमीकमजोरीहरु र सल्लाह सुझाव दिनुहुन पनि अनुरोध गर्नुभयो ।

 

कार्यक्रममा जापानमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु तथा व्यवसायीहरु,मिडियाकर्मीहरु लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सन्चालन सोही बिद्यालयकी शिक्षीका सिर्जना पाण्डेले गर्नुभएको थियो ।
नेपाली समुदायबाट खोलिएको पहिलो स्कुल एभरेष्ट स्कुलमा विद्यालयमा भर्ना भएका वालवालिकाहरु अप्रिलको १ तारिखदेखि नै स्कुल जान थालेका भए पनि आजदेखि विधिवत रुपमा नेपाली पाठ्यक्रम अनुसार पठनपाठन सुचारु हुने जनाईएको छ ।

 

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More