एमबीबीएसको प्रश्नपत्र म्यासेन्जरबाट आउट- तीनजना पक्राउ

12 August, 2019 20:09 | जन सरोकार | comments | 28800 Views

एमबिएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका ४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशास्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी सोही ठाउँस्थित सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराउँदै गरेको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी ललितपुर महानगरपालिका १३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संचालन गरेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षामा अर्काको नाममा ट्रायल दिने काठमाडौं डल्लु बस्ने सुर्खेत घर भएका १८ वर्षीय बिनोद शाहीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

  

सुर्खेत घर भई बस्ने २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल परीक्षा दिने क्रममा फेला पारी शाहीलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आफ्नालाई जागिर खुवाउन बेइमानी : परीक्षा एक, प्रश्नपत्र फरक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More