एमालेमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै

8 November, 2014 12:30 | मध्यमाञ्चल , मुख्य समाचार | comments | 49950 Views

UMLनेकपा एमालेको नयाँ नेतृत्वले महाधिवेशन सम्पन्न भएको पौने चार महिना बितिसक्दा पनि कार्यविभाजन गर्न सकेको छैन । शीर्ष नेताहरुबीच रहेको चरम गुटबन्दीका कारण केन्द्रीय कमिटीको बैठकहरु समेत सम्पन्न हुन सकेको छैन ।

गत साउन १ गते सम्पन्न नवौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्षमा चयन गरेपछि एमालेले कार्यविभाजन लगायत महत्वपूर्ण निर्णय गर्न सकेको छैन ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक पटक पटक स्थगन भएपछि पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको टिप्पणी नेताहरूले गर्न थालेका छन् ।

  

पछिल्लोपटक यही कात्तिक १४ गते प्रारम्भ भएको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक कात्तिक १८ गते तोकिए पनि स्थगन भएकामा बैठक (आज) शनिबारका लागि तय गरिएको छ । यो बैठकले पनि कुनै नतिजा दिन्छ वा पुनः स्थगत हुन्छ यसै भन्न सकिने स्थिति छैन ।

कात्तिक १४ गतेको बैठकमा नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी र मनोमानी रुपमा निर्णय गरेको आरोपसहित ध्यानाकर्षणपत्र प्रस्तुत गरेका विषयमा पनि छलफल हुन सकेको छैन ।

एमालेका सचिव गोकर्णराज विष्टले पार्टीभित्र छलफल कार्यविभाजन समेत हुन नसक्नाले आन्तरिक लोकतन्त्र कमजोर रहेको बताउनुहुन्छ ।

बिष्टले बैठकलाई कसरी सञ्चालन गर्ने र कार्यविभाजनमा कसरी जाने भन्ने विषयमा पदाधिकारी तहमा पनि छलफल हुन नसकेको गुनासो समेत गर्नुहुन्छ ।

नेकपा एमाले संविधानसभाको दोस्रो ठूलो दल र प्रमुख सत्ता साझेदार भएकाले पनि यसको आन्तरिक लोकतन्त्र मात्र हैन पार्टीभित्रको एकता निकै महत्वपूर्ण मानिन्छ तर अध्यक्षले गरेको निर्णयमा अरुको असन्तुष्टि देखिने प्रवृत्तिमा कुनै सुधार छैन ।

त्यसो त यस्त अवस्था नेपाली कांग्रेसमा पनि छ र एकीकृत नेकपा माओवादभित्र त झन चरम छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईबीचको अन्तरद्वन्द्वले संविधान लेखन कार्य समेत प्रभावित भएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितका सभापति रहनुभएका डा. भट्टराईले संविधान निर्माणका क्रममा अध्यक्ष दाहालबाट पाउनुपर्ने सहयोग नपाएको मात्र हैन भट्टराईलाई असफल बनाउनै लागिपरेको गुनासो समेत नसुनिएको हैन ।

दाहालको व्यवहार पनि त्यस्तै देखिंदैआएको छ । एकातिर उच्चस्तरीय राजनीतिक समितिको संयोज कबनर संविधान लेखन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु आफ्नो दायित्व हो भन्ने र अर्कोतिर मधेशीहरुलाई साथमा लिएर आन्दोलनको नेतृत् वगर्ने चरित्र नै अहिलेको सबभन्दा खतरनाक प्रवृत्ति हो ।

नेकपा एमालेभित्र पनि अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीका निर्णयहरुमाथि वरिष्ठ नेता झलनाथ खनालले खासै टिप्पणी गर्ने नगरे पनि अर्का नेता माधवकुमार नेपाल भने पाइलैपिच्छे असन्तुष्टि जनाउने गर्नुभएको छ ।

स्मरणीय के छ भने एमालेको नवौं महाधिवेशनमा ओलीसंग अध्यक्षको प्रतिस्पर्धामा नेपाल हुनुहुन्थ्यो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More