एमालेले जनतालाई खुल्ला कैदी बनायो – नेता पौडेल

27 November, 2017 10:06 |राजनीति | comments | 64800 Views

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको आरोप लगाउनुभएको छ ।

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको आरोप लगाउनुभएको छ ।

    adsads

    तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ को मर्कोटको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो आरोप लगाउनुभएको हो ।
    सो क्षेत्रमा एमालेले विकास निर्माणका कामसमेत हुन नदिएको पौडेलले बताउनुभयो । एमालेले त्यस क्षेत्रका बासिन्दालाई अभिव्यक्ति स्वतन्त्रता हुनबाट समेत वञ्चित गराई लोकतन्त्रवादीसँग आफ्ना कुराहरु भन्न नदिने गरेको पौडेलले बताउनुभयो ।

    त्यस क्षेत्रमा काँग्रेसको जनलहर आएको भन्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेता पौडेलले लोकतान्त्रिक गठबन्धनले अत्यधिक मतले चुनाव जित्ने दाबी गर्नुभयो ।

    क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले यस क्षेत्रको मोटरबाटो र सिँचाइको पूर्वाधार विकास गर्न नेपाली काँग्रेसले अगुवाइ गर्ने बताउनुभयो । त्यसका लागि निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।

    अमेरिकाका नेपालीको प्रश्नमा रामचन्द्र पौडेलको जवाफ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!