एमालेले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

24 January, 2018 11:07 |राजनीति | comments | 123150 Views

    नेकपा एमालेले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको छ। अध्यक्ष केपी शर्मा ओली निवास बालकोट भक्तपुरमा बुधबार सुरु भएको स्थायी कमिटी बैठक बिहीबार राष्ट्रियसभा उम्मेदवारको नामावली टुंग्याएको हो।

    adsads

    बुधबार तीन प्रदेशबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार हुनेहरुको नामावली टुंग्याएको एमालेले आज प्रदेश १, २, ३ र ४ बाट उम्मेदवार हुने नेताहरुको नामलाई अन्तिम रुप दिएको हो। एमालेले राष्ट्रियसभाका निर्वाचका ५६ मध्ये २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिने सहमति भएको छ। स्थायी कमिटी बैठकले प्रदेश १ बाट पाँच, प्रदेश २ बाट एक, प्रदेश ३ बाट छ र प्रदेश ४ बाट चार गरी १६ जनाको नाम टुंगो लगाएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

    एमालेबाट राष्ट्रियसभा उम्मेदवार बनेकाहरुमा पोलिटब्यूरो सदस्य परशुराम मेघी र बेदुराम भुषालदेखि चुनावको केही अघिमात्रै पार्टी प्रवेश गरेकी गायिका कोमल वलीसम्म रहेका छन्। मेघी पहिलो संविधानसभामा एमालेका संसदीय दलका सचेतक समेत हुन्। एमालेबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेकामध्ये मेघी वरिष्ठ नेता हुन्। वली एमाले प्रवेश गर्नुअघि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय थिइन्।

    यस्तो छ माओवादी सूचीः

    प्रदेश १– 
    १. नैनकला ओझा (महिला), मोरङ
    २. खेम नेपाली ( दलित), मोरङ
    ३. हरिचरण सिवाकोटी (खुला), झापा
    ४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
    ५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

    प्रदेश २–
    १. सुमन प्याकुरेल (खुला), सप्तरी

    प्रदेश ३-
    १. पार्वती रावल (महिला), चितवन
    २. उदया शर्मा ( महिला), काठमाडौं
    ३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
    ४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
    ५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
    ६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

    प्रदेश ४
    १. रामबहादुर थापा (अपांगता), स्याङ्जा
    २. गणेश तिमिल्सिना (खुला), पर्वत
    ३. शान्ति अधिकारी (महिला), बाग्लुङ
    ४. दीपा गुरुङ (महिला), लमजुङ

    प्रदेश ५-
    १. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
    २. खिमलाल भट्टराई (खुला), रुपन्देही
    ३. मीना बुढा (महिला), रोल्पा
    ४. कोमल वली (महिला), दाङ

    प्रदेश ६-
    १. कविता बोगटी (महिला), हुम्ला
    २. नन्दा शर्मा ( महिला), सुर्खेत
    ३. नरपति लोहार (दलित), कालिकोट
    ४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
    ५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

    प्रदेश ७-
    १. कमला ओली (महिला), कैलाली
    २. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
    ३. शेरबहादुर कुँवर (खुला), अछाम
    ४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

    राष्ट्रियसभा निर्वाचनका लागि चार बेग्लाबेग्लै मतपत्र

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!