एमालेसहितका पाँच दलका कारण आइतबार पनि संसद् अवरुद्ध

4 December, 2016 18:22 |राजनीति | comments | 21600 Views

    Parliament

    प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत पाँच दलले आइतबार पनि व्यवस्थापिका– संसद्को बैठक अबरुद्ध गरेका छन् ।

    सरकारले संशोधनको विधेयक दर्ता गरे पनि सदन अवरुद्ध भएको यो तेस्रो दिन हो ।

    adsads
    बैठकका प्रारम्भमा विपक्षी सांसदले आफ्नो स्थानबाट उठेर अवरोध गर्नुभयो ।

    त्यसपछि सभामुख ओनसरी घर्तीले समय दिएपछि नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले संविधान संशोधनमा भारतको दबाब र प्रभाव रहेको बताउँदै यस्तो प्रवृत्तिले मुलुकको सार्वभौमसत्ता खतरामा पर्ने आशङ्का गर्नुभयो ।

    उहाँले विदेशी शक्तिले दलहरुको एकता गराउने र फुटाउने खेल गरिरहेको जिकिर गर्नुभयो । थापाको उक्त भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार श्रेष्ठले आफ्नो पार्टीको एकतामा कुनै बाह्य पक्षको हात नरहेको बताउनुभयो ।

    थापाले आफूले एक अनलाइनमा आएको खबरका आधारमा सो अभिव्यक्ति दिएको जनाएपछि राप्रपाका सबै सांसद् उठेर विरोध जनाउनुभयो । सभामुखले थापाको उक्त भनाइ सम्पादन गर्न सचिवालयलाई निर्देशन दिनुभयो ।

    थापाकोे मन्तव्यपछि विपक्षी दलका सांसद्ले आफ्नो स्थानबाट उठेपछि बैठक अवरुद्ध भएको हो ।

    सभामुख घर्तीले समस्याप्रति सबै गम्भीर भएको र समाधान लागि यही सदनको प्रक्रियाबाट अघि बढ्नुपर्ने भएकाले सदनको कारबाही अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गर्दा पनि विपक्षीले नमानेपछि यही मङ्सिर २२ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन भयो ।

    विपक्षिले गरे संसद बैठक अबरुद्ध

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!