एमाले मन्त्री छान्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई

23 February, 2018 16:44 |राजनीति | comments | 130950 Views

    नेकपा एमालेको  स्थायी कमिटीले मन्त्री छान्ने जिम्मेवारी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । बालुवाटारमा शुक्रवार विहान बसेको स्थायी कमिटीको बैठकले भुगोलको सन्तुलन, पार्टीभित्र नेताहरुको योगदान, योग्यता र क्षमतालाई ध्यानदिँदै मन्त्रीहरुको नियुक्ति गर्न सुझाव दिएको हो।

    adsads

    प्रधानमन्त्री ओलीले माओवादीसहित संघीय समाजवादी र राजपा नेपालसँग छलफल गरेर मन्त्रिमण्डल विस्तार गर्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।  एमाले स्थायी समिति बैठकले माओवादी केन्द्रसँग एकताका लागि भएको सात बुँदे सहमतिलाई अनुमोदन गरेको छ ।

    बैठकले माओवादी केन्द्रसँग एकता प्रकृया अगाडि बढेका बेला एमालेका विभिन्न जनवर्गिय संगठनहरुको पूर्वनिर्धारित अधिवेशन र सम्मेलन पार्टी एकताको संवेदनशीलतालाई ध्यान दिँदै स्थगन गर्ने निर्णय गरेको छ । तर आन्तरिक भेला, प्रशिक्षणको कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय भएको सचिव भट्टलाईले जानकारी दिए ।

    कर्मचारी स्वेच्छिक अवकाश योजना गलत: नेकपा एमाले

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!