एयर इन्डियाएयर इन्डिया

  • एयर इन्डिया
  • एयर इन्डिया
  • एयर इन्डिया
  • एयर इन्डिया
  • एयर इन्डिया
  • एयर इन्डिया

एयर इन्डियाद्वारा नमस्कार सेवा सुरु

4 October, 2019 10:30 |विश्व समाचार | comments | 11700 Views

    एयर इन्डिया

    भारतको राष्ट्रिय ध्वजावहाक हवाई सेवा कम्पनी एयर इन्डियाले आफ्नो सेवालाई प्रभावकारी बनाउन नमस्कार सेवा सुरु गरेको छ । नयाँ दिल्ली विमानस्थलमा यात्रुहरुका लागि नमस्कार सेवा सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    adsads

    नमस्कार सेवा अन्तर्गत विमान कम्पनीका कर्मचारीहरुले विमानस्थलमा भेटिएका आफ्ना ग्राहकहरुलाई भेट्ने, नमस्ते गर्ने, राम्रो व्यवहार गर्नेलगायत रहेको छ । कर्मचारीहरुले विमानस्थलमा प्रवेशदेखि जहान नचढेसम्म उनीहरुलाई उच्च सम्मान गर्ने कम्पनीले जनाएको छ ।

    त्यसैगरी यात्रुहरुलाई फाराम भर्न, सामान लैजान, वोर्डिङ पास उपलब्ध गराउनलगायतका अन्य आवश्यक सम्पुर्ण कार्यहरु कर्मचारीहरुले नै गरिदिने भएका छन् । नमस्कार सेवा अन्तर्गतका यी सेवाहरु प्रदान गरे वापत न्युनतम शुल्क पनि तोकेको कम्पनीले जनाएको छ ।

    पछिल्लो तथ्याङ्क अनुसार गत अप्रिलदेखि जुनसम्ममा यस विमान कम्पनीबाट ८० लाख यात्रुले आन्तरिक र ३५ लाख यात्रुले अन्तर्राष्ट्रिय सेवा प्राप्त गरेका छन् ।

    बमको हल्लापछि एयर इन्डियाको विमान आकस्मिक अवतरण

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    एयर इन्डिया

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!